बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह–२०२५ समापन कार्यक्रम अन्तर्गत एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने दुई विद्यार्थीलाई सम्मान गरिएको छ। सामुदायिक विद्यालयतर्फ सरस्वती माध्यमिक विद्यालयकी छात्रा नविता कटुवाल (जीपीए ३.४४) र मेची जनसाधारण माध्यमिक विद्यालयका सुशान्त खतिवडा (जीपीए ३.५५) लाई १५–१५ सय रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको हो। सम्मानित दुई विद्यार्थीलाई बाहुण्डाँगी जेसीज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाईँ , नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटा लगायले नगद सहित सम्मानपत्रद्वारा सम्मान गरेका थिए।

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह–२०२५ अन्तर्गत आयोजित ‘रन बाहुण्डाँगी’ दौड प्रतियोगितामा विजयी प्रतिभाहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। आज जेसीज सप्ताह समारोह कार्यक्रममा "रन बाहुण्डाँगी" का विजेतालाई सम्मान गरिएको हो । प्रतियोगितामा प्रथम स्थान हासिल गरेका अर्जुन बस्नेतलाई अक्षरुपी रु १५ हजार, द्वितीय स्थान हासिल गर्न सफल ऋदन विश्वकर्मालाई रु १० हजार सहित सम्मानपत्र र तृतीय स्थान हासिल गरेका विप्लव श्रेष्ठलाई नगद रु ५ हजार र सम्मानपत्र प्रदान गरिएको छ। त्यस्तै, रनमा टप–१० भित्र पर्न सफल अमर तामाङ, अनराज मगर, उप्सन राई, निर्मल घिमिरे, रोशन लकान्द्रि, निश्चल कार्की र युवराज मगरलाई पनि सम्मानपत्रद्वारा सम्मान गरिएको छ। विजेताहरुलाई बाहुण्डाँगी जेसिज वर्ष…