Skip to main content

Purbi Garjan

झापामा इभी भ्यान दुर्घटना, ९ जना घाइते

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ धर्मकाटा स्थित मेचीराजमार्गमा आज बिहान इभी भ्यान दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन् ।

आज भदौ ६ गते राति करिब १:२० बजेतिर ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ज ४०८८ नम्बरको इभी भ्यान आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरूलाई तत्काल उद्दार गरी उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल पठाइएको छ । भ्यान भने घटनास्थलमै रहेको र सडक अबरुद्ध नभएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको विवरण :
१. चालक तथा भ्यान साहुजी — लाक्पा थेपेन शेर्पा, ३० वर्ष, फुङलिङ–२, ताप्लेजुङ (बाहिरी चोट नदेखिएको, सामान्य अवस्थामा, प्रहरी नियन्त्रणमा)
२. सेसेहाङ सुवा, १२ वर्ष, चागुनारायण–१, भक्तपुर
३. प्रेम यौङहाङ, ३४ वर्ष, ठेगाना नखुलेको
४. टिका लिम्बु, ३२ वर्ष, ठेगाना नखुलेको
५. बिजय लिम्बु, ४४ वर्ष, अर्जुनधारा–१०, झापा
६. मन कुमारी लिम्बु, ४२ वर्ष, ठेगाना नखुलेको
७. सुविमा लिम्बु, १९ वर्ष, चागुनारायण–१, भक्तपुर
८. मनिता धिमाल, २१ वर्ष, दमक–३, झापा
९. रिता धिमाल, ४३ वर्ष, ठेगाना नखुलेको

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali