झापा । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० शृङ्खला अन्तर्गत शुक्रबार नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ। समूह चरणको अन्तिम खेलअन्तर्गत आज नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे खेल सुरु हुनेछ। सहभागी ११ टोलीमध्ये हाल अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनलमा प्रवेश गर्न आजको खेल जित्नै पर्ने दबाब छ।

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ धर्मकाटा स्थित मेचीराजमार्गमा आज बिहान इभी भ्यान दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन् । आज भदौ ६ गते राति करिब १:२० बजेतिर ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ज ४०८८ नम्बरको इभी भ्यान आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरूलाई तत्काल उद्दार गरी उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल पठाइएको छ । भ्यान भने घटनास्थलमै रहेको र सडक अबरुद्ध नभएको प्रहरीले जनाएको छ । घाइतेहरूको विवरण : १. चालक तथा भ्यान साहुजी — लाक्पा थेपेन शेर्पा, ३० वर्ष, फुङलिङ–२, ताप्लेजुङ (बाहिरी चोट नदेखिएको, सामान्य अवस्थामा, प्रहरी नियन्त्रणमा) २. सेसेहाङ सुवा, १२…