Skip to main content

Purbi Garjan

राजवंशीले सुरु गरे कचनकवल–पाथिभरा एकल साइकलयात्रा

झापा – मेचीनगरका मिलन राजवंशीले आजदेखि नेपालको सबैभन्दा होचो स्थान, कचनकवल स्तम्भबाट ताप्लेजुङको पाथिभरा पुग्ने एकल साइकलयात्रा सुरु गरेका छन्।

आज बिहान साइकलयात्री राजवंशीलाई कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, कचनकवल–४ का वडा अध्यक्ष नुरजामा मिया, भद्रपुर साइकल क्लबका अध्यक्ष जीवनकुमार श्रेष्ठलगायतले विदाई गरेका थिए।

कार्यक्रम संयोजक कर्णबहादुर राजवंशीका अनुसार, सो अवसरमा कचनकवलको पहिचान झल्कने सामग्री र टिसर्ट प्रदान गरी साइकलयात्रीलाई शुभकामना दिइएको थियो।

१९ वर्षीय राजवंशीले “छोड लागुपदार्थ, जोड साहस, बढ अगाडि निरन्तर” भन्ने नारासहित नेपालको होचो भूभाग चिनाउने र युवालाई कुलतबाट बचाउने सन्देश दिने उद्देश्यले यो यात्रा सुरु गरेको बताए।

राजवंशी झापामा हुने साइकल प्रतियोगिताका प्रथम हुने खेलाडी हुन्। उनी तीव्र गतिमा अप्ठ्यारा बाटो तथा उकालो–ओरालोमा पनि सजिलै साइकल चलाउन सक्छन्।

यात्राको पहिलो दिन उनले इलामसम्म पुग्ने र भोलिपल्ट फिदिमतर्फ प्रस्थान गर्ने योजना बनाएका छन्। तेस्रो दिन फिदिमबाट सिंहपुरसम्म र चौथो दिन ठुलो फेदीसम्म यात्रा गर्ने तयारी रहेको उनले जनाए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali