झापा, १६ भदौ । भारतबाट नेपाल प्रवेश गर्ने क्रममा प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले झापा जिल्ला मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुल नजिकै शंका लागी चेकजाँच गर्दा अर्जुनधारा नगरपालिका–२ निवासी २८ वर्षीय प्रकाश योङहाङको साथबाट प्लास्टिक बाहेक २ ग्राम ३२० मिलिग्राम खैरो हेरोइन फेला परेको हो। प्रहरीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
झापा, १६ भदौ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालू आर्थिक वर्ष २०८२–८३ को साउन महिनामा १ अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन् । एक महिनाको अवधिमा सबैभन्दा धेरै चिया ३७ करोड ९८ लाख ६८ हजार रुपैयाँको, अलैँची ३२ करोड ४३ लाख २१ हजार रुपैयाँको, प्लाइ तथा भेनियर २६ करोड ८७ लाख रुपैयाँको, अम्लिसो आठ करोड ८७ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा छ…

झापा – मेचीनगरका मिलन राजवंशीले आजदेखि नेपालको सबैभन्दा होचो स्थान, कचनकवल स्तम्भबाट ताप्लेजुङको पाथिभरा पुग्ने एकल साइकलयात्रा सुरु गरेका छन्। आज बिहान साइकलयात्री राजवंशीलाई कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, कचनकवल–४ का वडा अध्यक्ष नुरजामा मिया, भद्रपुर साइकल क्लबका अध्यक्ष जीवनकुमार श्रेष्ठलगायतले विदाई गरेका थिए। कार्यक्रम संयोजक कर्णबहादुर राजवंशीका अनुसार, सो अवसरमा कचनकवलको पहिचान झल्कने सामग्री र टिसर्ट प्रदान गरी साइकलयात्रीलाई शुभकामना दिइएको थियो। १९ वर्षीय राजवंशीले “छोड लागुपदार्थ, जोड साहस, बढ अगाडि निरन्तर” भन्ने नारासहित नेपालको होचो भूभाग चिनाउने र युवालाई कुलतबाट बचाउने सन्देश दिने उद्देश्यले यो यात्रा सुरु गरेको बताए। राजवंशी झापामा हुने साइकल प्रतियोगिताका…

मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा शनिबार सम्पन्न नगर स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगितामा उत्कृष्ट विद्यालयहरुलाई पुरस्कार वितरण गरिएको छ। विद्यार्थीहरुको क्षमता र प्रतिभा प्रकट गर्ने उद्देश्यले मेचीनगर–८ स्थित एभरेष्ट भ्यू अंग्रेजी मावि परिसरमा आयोजित कार्यक्रममा ११ वटा विद्यामा प्रतियोगिता सम्पन्न भएको थियो। ✦ विजेता विद्यालयहरू : हाजिरी जवाफ (कक्षा ५ सम्म) : दुर्गा मेमोरियल अंग्रेजी मावि र सेन्टपल्स एकाडेमी प्रथम, अक्सफोर्ट दोस्रो, लिटल एञ्जल र युनिक तेस्रो। हाजिरी जवाफ (कक्षा ८ सम्म) : सेन्टपल्स प्रथम, लिटल एञ्जल दोस्रो, नर्थ पोइन्ट तेस्रो। नेपाली डिक्टेसन (कक्षा ५ सम्म) : युनाइटेड प्रथम, पारिजात र दुर्गा मेमोरियल दोस्रो, एभरेष्ट र हिमालयन तेस्रो। नेपाली डिक्टेसन (कक्षा…