Skip to main content

Purbi Garjan

प्याब्सन मेचीनगरद्वारा उत्कृष्ट विद्यालयलाई पुरस्कार, विजयी विद्यालय जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुने

मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा शनिबार सम्पन्न नगर स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगितामा उत्कृष्ट विद्यालयहरुलाई पुरस्कार वितरण गरिएको छ।

विद्यार्थीहरुको क्षमता र प्रतिभा प्रकट गर्ने उद्देश्यले मेचीनगर–८ स्थित एभरेष्ट भ्यू अंग्रेजी मावि परिसरमा आयोजित कार्यक्रममा ११ वटा विद्यामा प्रतियोगिता सम्पन्न भएको थियो।

विजेता विद्यालयहरू :

हाजिरी जवाफ (कक्षा ५ सम्म) : दुर्गा मेमोरियल अंग्रेजी मावि र सेन्टपल्स एकाडेमी प्रथम, अक्सफोर्ट दोस्रो, लिटल एञ्जल र युनिक तेस्रो।

हाजिरी जवाफ (कक्षा ८ सम्म) : सेन्टपल्स प्रथम, लिटल एञ्जल दोस्रो, नर्थ पोइन्ट तेस्रो।

नेपाली डिक्टेसन (कक्षा ५ सम्म) : युनाइटेड प्रथम, पारिजात र दुर्गा मेमोरियल दोस्रो, एभरेष्ट र हिमालयन तेस्रो।

नेपाली डिक्टेसन (कक्षा ८ सम्म) : तारापुञ्ज प्रथम, पूर्वाञ्चल दोस्रो, दुर्गा मेमोरियल तेस्रो।

अंग्रेजी डिक्टेसन (कक्षा ५ सम्म) : सरस्वती शिक्षा सदन प्रथम, दुर्गा मेमोरियल दोस्रो, नर्थपोइन्ट तेस्रो।

अंग्रेजी डिक्टेसन (कक्षा ८ सम्म) : सरस्वती मावि प्रथम, दुर्गा मेमोरियल दोस्रो, हिमालयन र नर्थपोइन्ट तेस्रो।

नेपाली हेण्डराइटिङ (कक्षा ५ सम्म) : सनसाइन प्रथम, लिटल एञ्जल दोस्रो, युनाइटेड तेस्रो।

अंग्रेजी निबन्ध (कक्षा १० सम्म) : पारिजात प्रथम, सनसाइन दोस्रो, तारापुञ्ज तेस्रो।

अंग्रेजी निबन्ध (कक्षा ८ सम्म) : होलिबेल प्रथम, विद्या विकास एकाडेमी दोस्रो, युनाइटेड तेस्रो।

अंग्रेजी हेण्डराइटिङ (प्रावि) : सेन्टपल्स प्रथम, पारिजात दोस्रो, दुर्गा आवासीय तेस्रो।

कविता लेखन (छात्रा) : युनाइटेड प्रथम, ल्होत्से र युनिक दोस्रो, पूर्वाञ्चल र सनसाइन तेस्रो।

कविता लेखन (छात्र) : सेन्टपल्स प्रथम, होलिबेल र ल्होत्से दोस्रो, नर्थपोइन्ट तेस्रो।

वक्तृत्वकला – नेपाली (छात्रा) : दुर्गा मेमोरियल प्रथम, तारापुञ्ज दोस्रो, सेन्टपल्स तेस्रो।

वक्तृत्वकला – नेपाली (छात्र) : सरस्वती मावि प्रथम, तारापुञ्ज दोस्रो, युनाइटेड तेस्रो।

चित्रकला (छात्र) : सेन्टपल्स प्रथम, कन्भेन्ट दोस्रो, होलिबेल तेस्रो।

चित्रकला (छात्रा) : पारिजात प्रथम, युनाइटेड दोस्रो, होलिबेल तेस्रो।

रंग भर्ने (छात्र) : युनाइटेड प्रथम, होलिबेल दोस्रो, एभरेष्ट तेस्रो।

रंग भर्ने (छात्रा) : होलिबेल प्रथम, लिटल एञ्जल दोस्रो, अक्सफोर्ट तेस्रो।

श्रुति लेखन (नेपाली) : युनाइटेड प्रथम, दुर्गा मेमोरियल दोस्रो, पारिजात तेस्रो, एभरेष्ट र हिमालयन सान्त्वना।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगर–८ का वडाध्यक्ष गिरीराज धमलाले उत्कृष्ट विद्यालयहरुलाई पुरस्कार वितरण गर्दै विद्यार्थीहरुको क्षमता विकासमा संस्थागत विद्यालयको भूमिका महत्त्वपूर्ण भएको बताए।
उनले भने, “सानाठूला मञ्चमा बोल्ने हिम्मतले विद्यार्थीलाई जीवनमा आत्मविश्वासी बनाउन र नेतृत्व क्षमताको विकासमा मद्दत गर्छ।”

कार्यक्रम प्याब्सन मेचीनगर अध्यक्ष विक्रम क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको थियो।
यस अवसरमा जिल्ला अध्यक्ष छत्र कार्की, वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक, जिल्ला सचिव लक्ष्मीप्रसाद उप्रेती, जिल्ला सदस्य भोजबहादुर कार्की, रमेश बराल, सल्लाहकार हिम्मत क्षेत्री, प्राज्ञिक सदस्य हरि अधिकारी, नगर कार्यसमितिकी कोषाध्यक्ष समिक्षा गौतम लगायतको आतिथ्यता थियो।

एभरेष्ट भ्यू अंग्रेजी माविका कोअर्डिनेटर तथा इसिए संयोजक रुपसागर अधिकारीका अनुसार नगर स्तरीय प्रतियोगितामा हाजिरी जवाफ, वक्तृत्वकला र कविता वाचनमा प्रथम भएका विद्यालयहरुले भदौ अन्तिम साता हुने जिल्ला स्तरीय प्रतियोगितामा प्रतिनिधित्व गर्नेछन्।

कार्यक्रमको स्वागत उपाध्यक्ष सुरेन्द्र न्यौपानेले गरेका थिए भने सञ्चालन सचिव बिमल पौडेलले गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

प्रविण अधिकारी मेचीनगर । झापाको मेचीनगर नगरपालिका -६ साठी बिगाहामा रहेको अरुणोदय बोर्डिङ इङलिस स्कुलको भवनभित्र सोमबार सोही विद्...
भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा  नियन्त्रण

भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा नियन्त्रण

मेचीनगर। काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिए...
ne_NPNepali