Skip to main content

Purbi Garjan

दमकको कोभिड अस्पताल खण्डहरमा परिणत

झापा । कोरोना महामारीका समयमा करिब ७० लाख रुपैयाँ खर्च गरेर दमक–२, बेलडाँगीमा निर्माण गरिएको अस्थायी कोभिड अस्पताल अहिले प्रयोगविहीन बनेर खण्डहरमा परिणत भएको छ।

२०७८ साल कात्तिकसम्म सञ्चालनमा रहेको ३० शय्याको उक्त अस्पताल तत्कालीन संकटलाई ध्यानमा राखी भुटानी शरणार्थी शिविर क्षेत्रभित्र दुईवटा अस्थायी भवन मर्मत गरी सञ्चालनमा ल्याइएको थियो। तर, महामारी अन्त्यसँगै राज्य र स्थानीय तहले दीर्घकालीन योजना नबनाउँदा अहिले यो संरचना बेवारिसे बनेको हो।

भवनभित्रका प्रयोगशालासहितका उपकरण, मेसिन तथा बिरामीका बेडहरू दमक अस्पतालमा सारिए पनि अन्य सामग्री हराएको स्थानीयले बताएका छन्। कतिपय सामान चोरीसमेत भएको उल्लेख गर्दै उनीहरूले अस्पताल परिसर लागूऔषध प्रयोगकर्ताको आड बन्न थालेको गुनासो गरेका छन्।

बेलडाँगी टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र संग्रौलाले सार्वजनिक सम्पत्ति संरक्षणमा नगरपालिका उदासीन देखिएको आरोप लगाउँदै सामुदायिक वनसँग सहकार्य गरेर तत्काल उपयोगमा ल्याउन सुझाव दिएका छन्।
स्थापनाकालमै यसलाई उत्तर क्षेत्रका बासिन्दाका लागि आधारभूत स्वास्थ्य सेवा केन्द्र बनाउने योजना बनाइएको भए पनि वन क्षेत्रको जग्गामा स्थायी संरचना निर्माणमा कानूनी जटिलता र समन्वयको अभावले यो अवस्था आएको हो। मानव सेवा आश्रमले केही समय प्रयोग गर्ने प्रयास गरे पनि अनुमति नपाउँदा निष्क्रिय रहनुपरेको थियो।

डिभिजन वन कार्यालय, झापाका अनुसार आपतकालीन समयमा बनेका संरचना निरन्तर प्रयोगमा ल्याउन भूमि उपयोगको अनुमति लिन सकिने व्यवस्था भए पनि राज्य पक्षबाट अपेक्षित चासो नदिँदा अस्पताल जीर्ण बन्दै गएको हो।

यसैबीच, दमक नगरपालिका–२ का वडाध्यक्ष प्रजापति सापकोटाले भने अस्पताल पुनः सञ्चालनका लागि पहल भइरहेको बताएका छन्। उनका अनुसार आगामी असोजभित्र नगरपालिका र सामुदायिक वनबीच समझदारी गरेर अस्पताल वा मानव सेवा आश्रम सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
करोडौं रुपैयाँ लगानीमा बनेको संरचना खेर जानु करदाताको पैसाको दुरुपयोग मात्र नभई विपद्‌का बेला बनेका पूर्वाधारप्रति राज्यको लापरवाही पनि हो। यसको संरक्षण र पुनः उपयोगमा सरोकारवाला निकाय तुरुन्त सक्रिय हुनुपर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali