Purbi Garjan

दिन: २०८२ भाद्र १८, बुधबार

नेकपा स्थायी समिति बैठक सम्पन्न, माओवादी एकताबारे यस्तो निर्णय

नेकपा स्थायी समिति बैठक सम्पन्न, माओवादी एकताबारे यस्तो निर्णय

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक मंगलबार अपरान्ह कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। बैठकले आगामी भदौ २२ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तथा व्यवस्थापनका विषयमा योजना निर्माण गरेको स्थायी समिति सदस्य अनिल सीले जानकारी दिए। बैठकमा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयलाई विशेष प्राथमिकता दिइएको थियो। माओवादी केन्द्रले नेकपासँग एकता गर्ने निर्णयलाई स्वागत गर्दै स्थायी समितिले क्रान्तिकारी नीति र सक्षम नेतृत्वको खाका सहितको प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको हो। यसअघि नै अपेक्षा गरिएको जस्तै, माओवादी केन्द्रसँगको एकतालाई व्यवहारिक रुप दिन बैठकले ठोस तयारी अघि बढाएको बताइएको छ। यस्तै, नेकपाले यही भदौ ३० गतेदेखि…
Read More
दमकको कोभिड अस्पताल खण्डहरमा परिणत

दमकको कोभिड अस्पताल खण्डहरमा परिणत

झापा । कोरोना महामारीका समयमा करिब ७० लाख रुपैयाँ खर्च गरेर दमक–२, बेलडाँगीमा निर्माण गरिएको अस्थायी कोभिड अस्पताल अहिले प्रयोगविहीन बनेर खण्डहरमा परिणत भएको छ। २०७८ साल कात्तिकसम्म सञ्चालनमा रहेको ३० शय्याको उक्त अस्पताल तत्कालीन संकटलाई ध्यानमा राखी भुटानी शरणार्थी शिविर क्षेत्रभित्र दुईवटा अस्थायी भवन मर्मत गरी सञ्चालनमा ल्याइएको थियो। तर, महामारी अन्त्यसँगै राज्य र स्थानीय तहले दीर्घकालीन योजना नबनाउँदा अहिले यो संरचना बेवारिसे बनेको हो। भवनभित्रका प्रयोगशालासहितका उपकरण, मेसिन तथा बिरामीका बेडहरू दमक अस्पतालमा सारिए पनि अन्य सामग्री हराएको स्थानीयले बताएका छन्। कतिपय सामान चोरीसमेत भएको उल्लेख गर्दै उनीहरूले अस्पताल परिसर लागूऔषध प्रयोगकर्ताको आड बन्न थालेको गुनासो गरेका छन्।…
Read More
ne_NPNepali