Skip to main content

Purbi Garjan

झापामा दुर्घटनामा एकजनाको मृत्यु, एकजना मृत्यु फेला

बनियानी, २८ भदौ । झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बिर्तामोड नगरपालिका-२ का ६० वर्षीय सोमनाथ दंगालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो ।

 

शुक्रबार साँझ ७ः३० कनकाई नगरपालिका–७ बिरिङ खोला छेउमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र.१–०१०१३ प ०४३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो । मोटरसाइकलको पछाडि सवार दंगालको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा बिर्तामोर-२ का मोटरसाइकल चालक ३८ वर्षीय दिनेशकुमार थपलिया सामान्य घाइते भएका छन् । घाइते उनीहरूलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोडमा ल्याइएको थियो । उपचारको क्रममा दंगालको मृत्यु भएको प्रहरीले जनाएको छ।

कोठाभित्र युवक मृत फेला
यसैबीच, झापाको कमल गाउँपालिका–३ केर्खामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय राजेन्द्र दाहालको घरमा दुई महिनादेखि भाडामा बस्दै आएका ३० वर्षीय अरूस थापामृत फेला परेका हुन् । भदौ २६ गते राति कोठामा सुतेका उनी भोलिपल्ट भदौ २७ गते साँझ ४:३० बजेसम्म पनि कोठाबाट बाहिर ननिस्किएपछि झ्यालबाट हेर्दा उनी सुत्ने बेडमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali