बनियानी, २८ भदौ । झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बिर्तामोड नगरपालिका-२ का ६० वर्षीय सोमनाथ दंगालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । शुक्रबार साँझ ७ः३० कनकाई नगरपालिका–७ बिरिङ खोला छेउमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र.१–०१०१३ प ०४३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो । मोटरसाइकलको पछाडि सवार दंगालको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा बिर्तामोर-२ का मोटरसाइकल चालक ३८ वर्षीय दिनेशकुमार थपलिया सामान्य घाइते भएका छन् । घाइते उनीहरूलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोडमा ल्याइएको थियो । उपचारको क्रममा दंगालको मृत्यु…
पूर्वी नेपालको औद्योगिक तथा राजनीतिक केन्द्र विराटनगरले मुलुकलाई पहिलो महिला प्रधानमन्त्री प्रदान गरेको ऐतिहासिक दिनको रूपमा हिजो लाई चिनिएको छ। विराटनगर महानगरपालिका वडा नम्बर ११ निवासी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व सम्हाल्दै प्रधानमन्त्री पदको शपथ लिएकी छन्। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालादेखि मातृकाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीसम्मको राजनीतिक यात्रा विराटनगरसँग जोडिएको छ। अब, सुशीला कार्कीको नियुक्तिले यस सहरको योगदानमा नयाँ अध्याय थपेको छ। सुशीला कार्कीले धरान र विराटनगरमा वकालत पेसाबाट आफ्नो पेसागत जीवन सुरु गरेकी थिइन्। कार्की एन्ड घिमिरे ल फर्ममार्फत कानुन व्यवसायमा प्रवेश गरेकी उनले सुनसरी–मोरङ क्षेत्रकी पहिलो महिला वकिलको पहिचान बनाइन्।…