Skip to main content

Purbi Garjan

विराटनगरबाट मुलुकलाई पहिलो महिला प्रधानमन्त्री

पूर्वी नेपालको औद्योगिक तथा राजनीतिक केन्द्र विराटनगरले मुलुकलाई पहिलो महिला प्रधानमन्त्री प्रदान गरेको ऐतिहासिक दिनको रूपमा हिजो
लाई चिनिएको छ। विराटनगर महानगरपालिका वडा नम्बर ११ निवासी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व सम्हाल्दै प्रधानमन्त्री पदको शपथ लिएकी छन्।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालादेखि मातृकाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीसम्मको राजनीतिक यात्रा विराटनगरसँग जोडिएको छ। अब, सुशीला कार्कीको नियुक्तिले यस सहरको योगदानमा नयाँ अध्याय थपेको छ।

 

सुशीला कार्कीले धरान र विराटनगरमा वकालत पेसाबाट आफ्नो पेसागत जीवन सुरु गरेकी थिइन्। कार्की एन्ड घिमिरे ल फर्ममार्फत कानुन व्यवसायमा प्रवेश गरेकी उनले सुनसरी–मोरङ क्षेत्रकी पहिलो महिला वकिलको पहिचान बनाइन्। महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन, पञ्चायतकालीन अदालतहरूमा वकालत, र पुनरावेदन अदालतको स्थापनासँगै विराटनगरमा सक्रिय भूमिका निर्वाह गर्दै उनले वरिष्ठ अधिवक्ताको हैसियत प्राप्त गरिन्।

सर्वोच्च अदालतमा मुलुककै पहिलो महिला प्रधानन्यायाधीश बन्ने अवसर पाएकी कार्कीले न्यायप्रतिको निष्ठा, इमानदारी र निडरता मार्फत कानुनी क्षेत्रमै इतिहास रचेकी हुन्।

कार्कीको परिवार जननायक बिपी कोइरालाको परिवारसँग नजिक रहेको थियो। यही सम्बन्धका कारण उनले नेपाली कांग्रेसका नेता दुर्गाप्रसाद सुवेदीसँग विवाह गरेकी थिइन्। सामाजिक अभियन्ता रामकृष्ण आचार्यका अनुसार पूर्वी नेपालमा वकालत गर्दै हुर्केकी कार्कीले कानुनी क्षेत्रमा विशिष्ट परिचय बनाएकी थिइन्।

कार्कीको प्रधानमन्त्री नियुक्तिले विराटनगर, धरान र समग्र कोशी प्रदेशका नागरिकहरूलाई गर्वित बनाएको छ। स्थानीयवासीहरूले यसलाई महिला सशक्तीकरणको प्रतीक र सुशासनको नयाँ ढोका खुलेको रूपमा लिएका छन्। विराटनगरका बुद्धिजीवी तुलसीप्रसाद भट्टराई भन्छन्, “विराटनगर नेपाली राजनीतिक इतिहासमा कहिल्यै छुटाउन नहुने अध्याय हो। यहाँबाट पटक–पटक प्रधानमन्त्री हुनु यो सहरको योगदान र पहिचान हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali