Skip to main content

Purbi Garjan

दमकमा जेनजेड आन्दोलनका क्रममा लुटिएको ३०३ राइफल फेला

झापा । जेनजेड आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित फेला परेको छ।

असोज २६ गते बिहान करिब ७ः३० बजे दमक नगरपालिका–५ स्थित धनेश्वर मन्दिरको पूर्वपट्टि रहेको गेट नजिक बेवारिसे अवस्थामा बन्दुक फेला परेको स्थानीयले जानकारी दिएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक नविन राईको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

प्रहरी टोलीले घटनास्थलमा पुगेर सो बन्दुक २०८२ भदौ २४ गते जेनजेड आन्दोलनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल भएको पुष्टि गरेको छ।

म्यागजिनसहित फेला परेको उक्त हतियार बरामद गरी अहिले इलाका प्रहरी कार्यालय दमकमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले यस घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali