कपिलवस्तु। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जेनजी बिद्रोहले संसदीय व्यवस्थाको असफलता सिद्ध गरेको दाबी गरेका छन् ।नेकपा केन्द्रीय कार्यालय कपिलवस्तुमा सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै महासचिव विप्लवले उक्त कुरा बताएका हुन। "जेनजी बिद्रोह काङ्ग्रेस, एमाले र माओवादी केन्द्र जस्ता पार्टी र तिनका नेताहरूको मात्रै असफलता होइन"- उनले भने -"यो अन्ततः देशको अर्थ-राजनीतिक व्यवस्थाको असफलता हो, यसले संसदीय व्यवस्था अब संभव छैन भन्ने कुरालाई नै स्पष्ट गरेको छ।" सम्बोधनको क्रममा महासचिव विप्लवले नेपालमा सत्ता, समाज र राज्यका हरेक निकायमा भएको दलीयकरण, भ्रष्टाचार लगायतका कारणले जेनजी बिद्रोह जन्माएको भएपनि बिद्रोहको परिणाम पश्चगमन र यथास्थितिवादतर्फ मोडिएको बताए। महासचिव विप्लवले जेनजी बिद्रोहका आन्तरिक…
झापा । जेनजेड आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित फेला परेको छ। असोज २६ गते बिहान करिब ७ः३० बजे दमक नगरपालिका–५ स्थित धनेश्वर मन्दिरको पूर्वपट्टि रहेको गेट नजिक बेवारिसे अवस्थामा बन्दुक फेला परेको स्थानीयले जानकारी दिएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक नविन राईको कमाण्डमा प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले घटनास्थलमा पुगेर सो बन्दुक २०८२ भदौ २४ गते जेनजेड आन्दोलनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल भएको पुष्टि गरेको छ। म्यागजिनसहित फेला परेको उक्त हतियार बरामद गरी अहिले इलाका प्रहरी कार्यालय दमकमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।