Skip to main content

Purbi Garjan

जेन-जी बिद्रोहले संसदीय व्यवस्थाको असफलता सिद्ध गरेको छ- विप्लव

कपिलवस्तु।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जेनजी बिद्रोहले संसदीय व्यवस्थाको असफलता सिद्ध गरेको दाबी गरेका छन् ।नेकपा केन्द्रीय कार्यालय कपिलवस्तुमा सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै महासचिव विप्लवले उक्त कुरा बताएका हुन।

“जेनजी बिद्रोह काङ्ग्रेस, एमाले र माओवादी केन्द्र जस्ता पार्टी र तिनका नेताहरूको मात्रै असफलता होइन”- उनले भने  -“यो अन्ततः देशको अर्थ-राजनीतिक व्यवस्थाको असफलता हो, यसले संसदीय व्यवस्था अब संभव छैन भन्ने कुरालाई नै स्पष्ट गरेको छ।”

सम्बोधनको क्रममा महासचिव विप्लवले नेपालमा सत्ता, समाज र राज्यका हरेक निकायमा भएको दलीयकरण, भ्रष्टाचार लगायतका कारणले जेनजी बिद्रोह जन्माएको भएपनि बिद्रोहको परिणाम पश्चगमन र यथास्थितिवादतर्फ मोडिएको बताए।

महासचिव विप्लवले जेनजी बिद्रोहका आन्तरिक एवम् बाह्य आयामबारे चर्चा गर्दै नेपाल अहिले अन्तरास्ट्रिय राजनीति ध्रुवीकरणको चपेटामा परेको बताए।

उनले जेनजी बिद्रोहमा राज्यका अंगहरुको नै कुनै न कुनै रूपमा संलग्नता देखिएको उल्लेख गर्दै नेपालको राज्यका निकायहरुमा बिदेशी सञ्जालको कतिसम्म नियन्त्रण रहेछ भन्ने कुरा खुलासा भएको समेत दाबी गरे।

`बिशिस्ट परिस्थितिको बिशिस्ट कार्यभार´ शीर्षकको दस्तावेज पेश गर्दै महासचिव विप्लवले देश अर्को उथलपुथलको भागिदार बन्न सक्ने बताए।

आइतबार देखि सुरु भएको बैठक मङ्गलबारसम्म सम्पन्न हुने र बैठकमा जिल्ला इन्चार्ज र जनबर्गीय संगठनका प्रमुखहरुले दस्तावेज माथि धारणा राख्ने कार्यक्रम सोमबार बिहान ८ बजे बाट हुने जानकारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali