Skip to main content

Purbi Garjan

एलभिडी झापा महिला गोल्डकपः उपाधि दाबेदार एपिएफ आज सिक्किमको सिंग्लिङसँग भिड्दै

झापा, कात्तिक १८ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको दोस्रो क्वार्टर फाइनल खेलमा विभागीय टोली एपिएफ फुटबल क्लब र भारतको सिक्किमस्थित सिंग्लिङ स्पोर्टिङ क्लब आमनेसामने हुँदैछन् ।

अघिल्ला सिजनसम्मका सबै महिला गोल्डकपको उपाधि जित्न सफल एपिएफ यसपटक पनि मुख्य उपाधि दाबेदारको रूपमा मैदानमा उत्रने तयारीमा छ । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको एपिएफलाई पुनः उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ ।

नियमित गोलरक्षक एन्जिला तुम्बापो, स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर प्रिति राई टोलीमा रहेका छैनन् । यी खेलाडीहरूको अनुपस्थितिले टोलीको आक्रमण र गोलकिपिङ दुवैमा असर पार्न सक्ने अनुमान गरिएको छ ।

पाहुना टोली सिंग्लिङ स्पोर्टिङ क्लब भने उत्साहित मनोबलका साथ मैदानमा उत्रने तयारीमा छ । भारतको एफसी कपमा खेलिसकेकी निमिता गुरुङ र मुस्कान सुब्बा तथा अन्डर–२० राष्ट्रिय टोलीमा खेलिसकेकी सिम्रन गुरुङसहितको टोली लिएर प्रशिक्षक लाकु फुर्बी भुटिया मैदानमा उत्रनेछिन् ।

“एपिएफ बलियो टोली हो, तर हामी जितका लागि मैदानमा उत्रनेछौँ,” प्रशिक्षक भुटियाले खेलअघिको पत्रकार भेटघाटमा भनिन् । उनका अनुसार टोलीले आत्मविश्वासका साथ आक्रमक फुटबल प्रस्तुत गर्नेछ ।

एपिएफकी कप्तान अनिता बस्नेतले पनि टोलीले अघिल्ला प्रतियोगितामा देखाएको लयलाई निरन्तरता दिने लक्ष्य रहेको बताइन् । “हामी समन्वय, अनुशासन र योजनाबद्ध खेलमा विश्वास गर्छौं । उपाधि रक्षा नै हाम्रो मुख्य लक्ष्य हो,” उनले भनिन् ।

आजको खेल दुधे रंगशालामा दिउँसो २ बजेबाट सुरु हुनेछ । एकातिर उपाधि दाबेदार एपिएफको अनुभव र रणनीति, अर्कोतिर सिक्किमेली टोलीको जोस र गतिशीलता । यी दुईबीचको भिडन्त रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा आठवटा टिम त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लब, संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali