बिर्तामोड, कात्तिक १८ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपमा विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौँले सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको सुरुवातदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमणमा केन्द्रित एपिएफले २९ औँ मिनेटमा सविता राना मगरको गोलमार्फत अग्रता लियो । त्यसपछि ३८ औँ मिनेटमा अनिता बस्नेतले सरु लिम्बुले हेडर मिस गरेपछि बललाई फिनिस गर्दै दोस्रो गोल थपिन् । पहिलो हाफको इन्ज्युरी समयमा एपिएफले लगातार दुई गोल थप्दै खेललाई आफ्नो पकडमा ल्यायो । ४१ औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन् भने त्यसपछि इन्ज्युरी समयमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो…
काठमाडौं, १८ कात्तिक । देशभक्त युवा अभियान नेपालले जेन–जी विद्रोहपछिको अहिलेको परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबारमा काठमाडौं पत्रकार सम्मेलन गर्दै अभियानले राष्ट्रिय निकासका लागि ७ बुंदा र उपायहरु समेत सार्वजनिक गरेको हो । देशभक्त युवा अभियान नेपालले अबको निकासका लागि सर्वपक्षीय राष्ट्रिय सभा, चुनाव प्रणालीमा व्यापक सुधार, शासकीय स्वरुपमा परिवर्तन, प्रगतिशील एजेण्डा,जेन–जीसहितको संयुक्त मोर्चा, गतिशील युवा पुस्ताको राजनीतिमा सहभागिता लगायतको उपाय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । अभियानले भ्रष्टाचारका विरुद्ध शक्तिशाली आयोग बनाएर छिटोभन्दा छिटो छानबिन गरि दोषी उपर कारबाही प्रक्रिया अगाडि बढाउन दबाब समेत दिएको छ । त्यस्तै, अभियानले विचारहरुको सौहार्द प्रतिस्पर्धा, मौलिक अर्थतन्त्रको निर्माण,…
झापा, कात्तिक १८ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको दोस्रो क्वार्टर फाइनल खेलमा विभागीय टोली एपिएफ फुटबल क्लब र भारतको सिक्किमस्थित सिंग्लिङ स्पोर्टिङ क्लब आमनेसामने हुँदैछन् । अघिल्ला सिजनसम्मका सबै महिला गोल्डकपको उपाधि जित्न सफल एपिएफ यसपटक पनि मुख्य उपाधि दाबेदारको रूपमा मैदानमा उत्रने तयारीमा छ । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको एपिएफलाई पुनः उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ । नियमित गोलरक्षक एन्जिला तुम्बापो, स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर प्रिति राई टोलीमा रहेका छैनन् । यी खेलाडीहरूको अनुपस्थितिले टोलीको आक्रमण र गोलकिपिङ दुवैमा असर पार्न सक्ने अनुमान गरिएको छ । पाहुना टोली सिंग्लिङ…