Skip to main content

Purbi Garjan

अपदस्त र असफल दलहरूबाट देशले निकास नपाउने देशभक्त युवा अभियान नेपालको निष्कर्ष

काठमाडौं, १८ कात्तिक । देशभक्त युवा अभियान नेपालले जेन–जी विद्रोहपछिको अहिलेको परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबारमा काठमाडौं पत्रकार सम्मेलन गर्दै अभियानले राष्ट्रिय निकासका लागि ७ बुंदा र उपायहरु समेत सार्वजनिक गरेको हो ।

देशभक्त युवा अभियान नेपालले अबको निकासका लागि सर्वपक्षीय राष्ट्रिय सभा, चुनाव प्रणालीमा व्यापक सुधार, शासकीय स्वरुपमा परिवर्तन, प्रगतिशील एजेण्डा,जेन–जीसहितको संयुक्त मोर्चा, गतिशील युवा पुस्ताको राजनीतिमा सहभागिता लगायतको उपाय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

अभियानले भ्रष्टाचारका विरुद्ध शक्तिशाली आयोग बनाएर छिटोभन्दा छिटो छानबिन गरि दोषी उपर कारबाही प्रक्रिया अगाडि बढाउन दबाब समेत दिएको छ ।
त्यस्तै, अभियानले विचारहरुको सौहार्द प्रतिस्पर्धा, मौलिक अर्थतन्त्रको निर्माण, अन्तराष्ट्रिय सम्बन्ध र कुटनीति र राष्ट्रिय सुरक्षाको विषयबारे पनि देशभक्त युवा अभियान नेपालले सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण गराएको हो ।

कार्यक्रममा देशभक्त युवा अभियान नेपालका संयोजक प्रकाश शाही, अभियानका प्रवक्ता एवम् जनपत्रकार संगठन नेपालका संस्थापक अध्यक्ष प्रकाश डुम्रे,भ्रष्टाचार विरोधी अभियानका अगुवा दिनेश विक्रम चन्द, नरेन्द्र विश्वकर्मा,सुमनसिंह पौडेल, लक्ष्मण पौडेल,विनोद लुइँटेल, अटल पाण्डे, लगायतले आ–आफ्नो धारणा राख्दै देशलाई अन्तर्राष्ट्रिय शक्ति केन्द्रको क्रिडास्थल हुन नदिने समेत चेतावनी दिएका छन् ।
अभियानले देशभर सशक्त अभियान चलाउने समेत घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali