Skip to main content

Purbi Garjan

अपदस्त र असफल दलहरूबाट देशले निकास नपाउने देशभक्त युवा अभियान नेपालको निष्कर्ष

काठमाडौं, १८ कात्तिक । देशभक्त युवा अभियान नेपालले जेन–जी विद्रोहपछिको अहिलेको परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबारमा काठमाडौं पत्रकार सम्मेलन गर्दै अभियानले राष्ट्रिय निकासका लागि ७ बुंदा र उपायहरु समेत सार्वजनिक गरेको हो ।

देशभक्त युवा अभियान नेपालले अबको निकासका लागि सर्वपक्षीय राष्ट्रिय सभा, चुनाव प्रणालीमा व्यापक सुधार, शासकीय स्वरुपमा परिवर्तन, प्रगतिशील एजेण्डा,जेन–जीसहितको संयुक्त मोर्चा, गतिशील युवा पुस्ताको राजनीतिमा सहभागिता लगायतको उपाय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

अभियानले भ्रष्टाचारका विरुद्ध शक्तिशाली आयोग बनाएर छिटोभन्दा छिटो छानबिन गरि दोषी उपर कारबाही प्रक्रिया अगाडि बढाउन दबाब समेत दिएको छ ।
त्यस्तै, अभियानले विचारहरुको सौहार्द प्रतिस्पर्धा, मौलिक अर्थतन्त्रको निर्माण, अन्तराष्ट्रिय सम्बन्ध र कुटनीति र राष्ट्रिय सुरक्षाको विषयबारे पनि देशभक्त युवा अभियान नेपालले सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण गराएको हो ।

कार्यक्रममा देशभक्त युवा अभियान नेपालका संयोजक प्रकाश शाही, अभियानका प्रवक्ता एवम् जनपत्रकार संगठन नेपालका संस्थापक अध्यक्ष प्रकाश डुम्रे,भ्रष्टाचार विरोधी अभियानका अगुवा दिनेश विक्रम चन्द, नरेन्द्र विश्वकर्मा,सुमनसिंह पौडेल, लक्ष्मण पौडेल,विनोद लुइँटेल, अटल पाण्डे, लगायतले आ–आफ्नो धारणा राख्दै देशलाई अन्तर्राष्ट्रिय शक्ति केन्द्रको क्रिडास्थल हुन नदिने समेत चेतावनी दिएका छन् ।
अभियानले देशभर सशक्त अभियान चलाउने समेत घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali