Skip to main content

Purbi Garjan

झापा महिला गोल्डकपः फाइनल प्रवेशका लागि आज विभागीय डर्बी एपिएफ र आर्मी खेल्दै

बिर्तामोड, कात्तिक २२ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनलअन्तर्गत आज विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच रोमाञ्चक भिडन्त हुँदैछ ।

आज दिउँसो ३ बजेबाट सुरु हुने खेल फाइनल प्रवेशको लागि मात्र होइन, नेपाली महिला फुटबलको दुई ठुला नामबीचको प्रतिष्ठाको लडाइँ पनि बन्ने अपेक्षा गरिएको छ ।

क्वार्टर फाइनल चरणमा एपिएफले भारतको सिक्किम सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै उत्कृष्ट लयमा रहेको संकेत दिएको थियो । त्यस्तै, आर्मीले आरएस पोखरालाई ६–० गोलले हराउँदै आफू पनि उपाधि दाबेदार टोली भएको प्रमाणित गरेको हो ।

एपिएफका प्रशिक्षक जिवेशकुमार पाण्डेले सेमिफाइनल अघि भनेका थिए, “हामीले लगातार आक्रामक खेल प्रदर्शन गर्दै आएका छौँ । आर्मी बलियो टोली हो, तर हाम्रो टिमको गति, पासिङ र प्रेसिङ गेमले फर्काउन सक्छ ।”

त्रिभुवन आर्मीका प्रशिक्षक चक्रबहादुर तामाङले भने, “एपिएफसँगको खेल सदैव चुनौतीपूर्ण हुन्छ । तर, हाम्रो टिममा राम्रो संयोजन बनेको छ । खेलको गहिराइमा जान सक्ने अनुभव हामीसँग छ, त्यसैले फाइनल पुग्नेमा आत्मविश्वास छ ।”

दुबै टोलीले अहिलेसम्म गोल व्योहोरेका छैन्न । यसअघि पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले संकटा एफसीलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरिसकेको छ । आजको खेलको विजेता टोलीले फाइनलमा पुलिससँग उपाधिका लागि भिड्नेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।
हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali