Skip to main content

Purbi Garjan

झापा महिला गोल्डकपको फाइनल आज,उपाधिमा पुलिस र एपिएफको दाबी

बिर्तामोड, कात्तिक २४ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् ।

फाइनल खेल आज दिउँसो २ः३० बजे सुरु हुनेछ । दुधे रंगशालामा आइतबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

एपिएफका प्रशिक्षक जिवेश पाण्डेले फाइनलमा अहिलेसम्म पराजय नभोगेको आत्मविश्वास व्यक्त गर्दै भने, “हाम्रो टोलीले अहिलेसम्म फाइनलमा हार व्यहोरेको छैन । यसपटक पनि हामी उपाधि रक्षा गर्नेछौँ ।”

त्यस्तै, कप्तान अनिता बस्नेतले थपिन्, “हाम्रो टोली सधैँ ट्रफीका लागि खेल्छ । झापाको मैदानमा हामी पुलिसलाई रोक्दै अर्को उपाधि थप्नेछौँ ।”

नेपाल पुलिस क्लबका प्रशिक्षक भोला सिलवालले भने रेखा पौडेल र पूजा राना मगरको तालमेललाई टोलीको मुख्य बल बताउँदै भने, “हाम्रो टोलीमा धेरैपछि रेखा र पूजा सँगै खेलिरहेका छन् । अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसैले यसपटक हामी एपिएफलाई हराउँदै उपाधि जित्नेछौँ ।”

पुलिसकी कप्तान अमृता जैशीले भने विगतका पराजयको बदला झापामै लिने दृढता प्रकट गरिन् । “हामीले विगतमा धेरैपटक एपिएफसँग पराजय व्यहोरेका छौँ, तर यसपटक बदला लिँदै ट्रफी लिएर जानेछौँ । झापाको दर्शकका सामु पुलिसले उत्कृष्ट खेल देखाउनेछ”, उनले भनिन् ।

एपिएफ क्लब महिला फुटबलमा एक सफल टोली मानिन्छ, यसअघि खेलिएका अधिकांश राष्ट्रिय प्रतियोगितामा उनीहरूले उपाधि जितेका छन् । फाइनलमा कहिल्यै हार व्यहोर्नु नपरेको इतिहासले टोलीलाई मनोवैज्ञानिक रूपमा बलियो बनाएको छ ।

त्यस्तै, नेपाल पुलिस क्लब पछिल्लो समय बलियो स्क्वाड निर्माण गर्दै आएको छ । अनुभवी रेखा पौडेल, पूजा राना मगर जस्ता खेलाडीहरूको पुनरागमनले टोलीमा नयाँ ऊर्जा थपिएको छ ।
फाइनल खेलमा झापाका फुटबलप्रेमीहरूको ठुलो भीड हुने अनुमान गरिएको छ ।  फाइनलमा देशका शीर्ष महिला खेलाडीहरू एउटै मैदानमा भिड्दै गर्दा झापाको दुधे रंगशाला एक निर्णायक क्षणको साक्षी बन्नेछ ।

आयोजक समितिका अनुसार दर्शकका लागि टिकट दर सामान्यतर्फ ३०० र ५०० रुपैयाँ तथा भिआइपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ ।

विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् ।

हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali