Purbi Garjan

दिन: २०८२ कार्तिक २५, सोमबार

एमाले मेचीनगर: भोलि २ हजारबढि मोटरसाइकल सहित र्याली गर्ने

एमाले मेचीनगर: भोलि २ हजारबढि मोटरसाइकल सहित र्याली गर्ने

मेचीनगर। जेनजी आन्दोलन पश्चात् केहि आक्रमक बनेर देशभर सडक प्रदर्शन गरिरहेको नेकपा (एमाले) ले भोलि बुधबार झापाको मेचीनगरमा संसद् पुनर्स्थापना र असंवैधानिक अन्तरिम सरकार खारेजीको माग गर्दै धुलाबारीदेखि चारआलीसम्म दुई हवार बढी मोटरसाइकल र्याली गर्ने भएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई राजीनामा दिन बाध्य बनाएर पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको र त्यो असंवैधानिक रहेकाले भोलि त्यसका विरुद्ध विरोध कार्यक्रम गर्न लागेको एमाले मेचीनगरले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। एमाले मेचीनगर नगरकमिटीका अध्यक्ष राजु कार्कीका अनुसार धुलाबारीदेखि चारआलीसम्मको मोटरसाइकल र्यालीमा दुइहजार बढी मोटरसाइकल रहने गरि तय भइरहेको र भव्य सहभागिता रहने छ। कार्यक्रमबारे जानकारी…
Read More

जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

झापा, २४ कात्तिक । जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय दिउँसो १ः३३ बजे आएको भूकम्पपछि मौसम विभागले इवाते प्रान्तका लागि सुनामी चेतावनी जारी गरेको छ । यसपछि इवातेको ओफुनाटो सहरको तटीय क्षेत्रबाट ६ हजार १३८ जनालाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । मौसम एजेन्सीका अनुसार ओफुनाटो बन्दरगाहमा १० सेन्टिमिटर अग्लो सुनामी छाल रेकर्ड गरिएको छ । छाल १ मिटरसम्म पुग्ने अनुमान गरिएको बेला सुनामी सूचना जारी गरिन्छ ।
Read More
झापा महिला गोल्डकपको फाइनल आज,उपाधिमा पुलिस र एपिएफको दाबी

झापा महिला गोल्डकपको फाइनल आज,उपाधिमा पुलिस र एपिएफको दाबी

बिर्तामोड, कात्तिक २४ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । फाइनल खेल आज दिउँसो २ः३० बजे सुरु हुनेछ । दुधे रंगशालामा आइतबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जिवेश पाण्डेले फाइनलमा अहिलेसम्म पराजय नभोगेको आत्मविश्वास व्यक्त गर्दै भने, “हाम्रो टोलीले अहिलेसम्म फाइनलमा हार व्यहोरेको छैन । यसपटक पनि हामी उपाधि रक्षा गर्नेछौँ ।” त्यस्तै, कप्तान अनिता बस्नेतले थपिन्, “हाम्रो टोली सधैँ ट्रफीका लागि खेल्छ ।…
Read More
ne_NPNepali