Purbi Garjan

एमाले मेचीनगर: भोलि २ हजारबढि मोटरसाइकल सहित र्याली गर्ने

मेचीनगर। जेनजी आन्दोलन पश्चात् केहि आक्रमक बनेर देशभर सडक प्रदर्शन गरिरहेको नेकपा (एमाले) ले भोलि बुधबार झापाको मेचीनगरमा संसद् पुनर्स्थापना र असंवैधानिक अन्तरिम सरकार खारेजीको माग गर्दै धुलाबारीदेखि चारआलीसम्म दुई हवार बढी मोटरसाइकल र्याली गर्ने भएको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई राजीनामा दिन बाध्य बनाएर पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको र त्यो असंवैधानिक रहेकाले भोलि त्यसका विरुद्ध विरोध कार्यक्रम गर्न लागेको एमाले मेचीनगरले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

एमाले मेचीनगर नगरकमिटीका अध्यक्ष राजु कार्कीका अनुसार धुलाबारीदेखि चारआलीसम्मको मोटरसाइकल र्यालीमा दुइहजार बढी मोटरसाइकल रहने गरि तय भइरहेको र भव्य सहभागिता रहने छ। कार्यक्रमबारे जानकारी दिन मंगलबार धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमा प्रेस नोट वाचन गर्दै कार्कीले नेकपा (एमाले) संविधानले नचिन्ने सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारको खारेजी र विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको पक्षमा दृढ रहेको बताए।

जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अध्यक्ष कार्कीले जेनजीहरूले केपी शर्मा ओली नेतृत्वको जननिर्वाचित सरकारको बहिर्गमन वा प्रतिनिधिसभा विघटनको माग कहिल्यै नगरेको बताए ।
ओली नेतृत्वको सरकार हटाउने र संसद् विघटन गर्ने गतिविधि प्रतिगामी चलखेल र षड्यन्त्रको परिणाम भएको भन्दै
अध्यक्ष कार्कीले संविधान, संघीयता, लोकतन्त्र, गणतन्त्र तथा समृद्ध नेपाल, सुखी नेपाली को जनआकांक्षा रक्षा गर्न नेकपा (एमाले)का सबै जनवर्गीय संगठन र सर्वसाधारणलाई सक्रिय सहभागिताको आह्वान गरिएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मुकेस गुरुङलाई ६औं जीनियस अवार्डमा “बेस्ट डेब्यु मोडल”को सम्मान

निशान निराैला ईलाम –२७ । उदाउँदो मोडल मुकेस गुरुङले आफ्नो प्रतिभा र मेहनतको बलमा ६औं जीनियस अवार्ड २०८२ मा “बेस्ट डेब्यु मोडल”को उ...

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै

झापा, २५ कात्तिक । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२...
एमाले मेचीनगर: भोलि २ हजारबढि मोटरसाइकल सहित र्याली गर्ने

एमाले मेचीनगर: भोलि २ हजारबढि मोटरसाइकल सहित र्याली गर्ने

मेचीनगर। जेनजी आन्दोलन पश्चात् केहि आक्रमक बनेर देशभर सडक प्रदर्शन गरिरहेको नेकपा (एमाले) ले भोलि बुधबार झापाको मेचीनगरमा संसद् पु...

जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

झापा, २४ कात्तिक । जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय दिउँसो १ः३३ बजे...
ne_NPNepali