Skip to main content

Purbi Garjan

एमाले मेचीनगर: भोलि २ हजारबढि मोटरसाइकल सहित र्याली गर्ने

मेचीनगर। जेनजी आन्दोलन पश्चात् केहि आक्रमक बनेर देशभर सडक प्रदर्शन गरिरहेको नेकपा (एमाले) ले भोलि बुधबार झापाको मेचीनगरमा संसद् पुनर्स्थापना र असंवैधानिक अन्तरिम सरकार खारेजीको माग गर्दै धुलाबारीदेखि चारआलीसम्म दुई हवार बढी मोटरसाइकल र्याली गर्ने भएको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई राजीनामा दिन बाध्य बनाएर पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको र त्यो असंवैधानिक रहेकाले भोलि त्यसका विरुद्ध विरोध कार्यक्रम गर्न लागेको एमाले मेचीनगरले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

एमाले मेचीनगर नगरकमिटीका अध्यक्ष राजु कार्कीका अनुसार धुलाबारीदेखि चारआलीसम्मको मोटरसाइकल र्यालीमा दुइहजार बढी मोटरसाइकल रहने गरि तय भइरहेको र भव्य सहभागिता रहने छ। कार्यक्रमबारे जानकारी दिन मंगलबार धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमा प्रेस नोट वाचन गर्दै कार्कीले नेकपा (एमाले) संविधानले नचिन्ने सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारको खारेजी र विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको पक्षमा दृढ रहेको बताए।

जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अध्यक्ष कार्कीले जेनजीहरूले केपी शर्मा ओली नेतृत्वको जननिर्वाचित सरकारको बहिर्गमन वा प्रतिनिधिसभा विघटनको माग कहिल्यै नगरेको बताए ।
ओली नेतृत्वको सरकार हटाउने र संसद् विघटन गर्ने गतिविधि प्रतिगामी चलखेल र षड्यन्त्रको परिणाम भएको भन्दै
अध्यक्ष कार्कीले संविधान, संघीयता, लोकतन्त्र, गणतन्त्र तथा समृद्ध नेपाल, सुखी नेपाली को जनआकांक्षा रक्षा गर्न नेकपा (एमाले)का सबै जनवर्गीय संगठन र सर्वसाधारणलाई सक्रिय सहभागिताको आह्वान गरिएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali