Skip to main content

Purbi Garjan

काकरभिट्टा खानेपानीका अध्यक्ष बुढाथोकीमाथि मध्यरातमा सांघातिक आक्रमण

मेचीनगर । झापा, मेचीनगर–६ स्थित काकरभिट्टा खानेपानी उपभोक्ता समितिका अध्यक्ष रोहित बुढाथोकीमाथि मध्यरातमा सांघातिक आक्रमण भएको छ। हिजो राति समितिमा कार्यरत कर्मचारी धिरेन सुब्बाले उनीमाथि प्रहार गरेको प्रहरीले जनाएको छ।

बिहीबार साँझ प्राविधिक समस्याका कारण खानेपानी वितरणमा समस्या देखिएपछि अध्यक्ष बुढाथोकी, उपाध्यक्ष गोविन्द गिरी र प्राविधिक टोली राति करिब ८ बजे बर्मेलीटोलस्थित ओभरहेड ट्यांकी पुग्नुभएको थियो। सोही क्रममा मर्मतकार्य भइरहेकै बेला कर्मचारी सुब्बाले पछाडिबाट मार्तोल प्रहार गरेको बुढाथोकीले बताउनुभयो।

आक्रमणपछि टाउकोबाट रगत बग्न थालेपछि उहाँलाई काकरभिट्टास्थित मनिषा मेडिकलमा प्रारम्भिक उपचार गरिएको थियोे । पछि थप उपचारका लागि विर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। बुढाथोकीको टाउकोको पछाडिको भागमा चोट लागेको छ।

अध्यक्षलाई बचाउने क्रममा प्राविधिक प्रमुख यामप्रसाद पोखरेलको टाउको र खुट्टामा समेत सामान्य चोट लागेको छ। पोखरेलको अवस्था सामान्य रहेको छ।

आक्रमणकारी सुब्बालाई इलाका प्रहरी कार्यालय काकरभिट्टाले नियन्त्रणमा लिएको छ। सुब्बाले यसअघि पनि कार्यसमिति सदस्यमाथि दुव्र्यवहार गरेको भन्दै उजुरी परेको र उनलाई लिखित स्पस्टिकरण सोधिएको अध्यक्ष बुढाथोकीले बताउनुभयो। हाल अध्यक्ष बुढाथोकीको अवस्था सामान्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali