मेचीनगर । झापा, मेचीनगर–६ स्थित काकरभिट्टा खानेपानी उपभोक्ता समितिका अध्यक्ष रोहित बुढाथोकीमाथि मध्यरातमा सांघातिक आक्रमण भएको छ। हिजो राति समितिमा कार्यरत कर्मचारी धिरेन सुब्बाले उनीमाथि प्रहार गरेको प्रहरीले जनाएको छ। बिहीबार साँझ प्राविधिक समस्याका कारण खानेपानी वितरणमा समस्या देखिएपछि अध्यक्ष बुढाथोकी, उपाध्यक्ष गोविन्द गिरी र प्राविधिक टोली राति करिब ८ बजे बर्मेलीटोलस्थित ओभरहेड ट्यांकी पुग्नुभएको थियो। सोही क्रममा मर्मतकार्य भइरहेकै बेला कर्मचारी सुब्बाले पछाडिबाट मार्तोल प्रहार गरेको बुढाथोकीले बताउनुभयो। आक्रमणपछि टाउकोबाट रगत बग्न थालेपछि उहाँलाई काकरभिट्टास्थित मनिषा मेडिकलमा प्रारम्भिक उपचार गरिएको थियोे । पछि थप उपचारका लागि विर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। बुढाथोकीको टाउकोको पछाडिको भागमा चोट लागेको छ। अध्यक्षलाई…