Skip to main content

Purbi Garjan

एन प्याब्सन झापाको खेलकुद प्रतियोगिता जारी, एमिटीमा दौड, लङ्गजम्प र हाइजम्प सम्पन्न

मेचीनगर । एन प्याब्सन झापाको आयोजनामा शनिबारदेखि सुरु भएको अन्तरविद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार मेचीनगर–६ स्थित एमिटी पब्लिक स्कूलमा एक सय मिटर दौड, लमजम तथा हाइजम्प प्रतियोगिता सम्पन्न भएको छ।


प्रतियोगितामा झापा जिल्लाका तीन विद्यालय — एमिटी पब्लिक स्कूल, सिदार्थ शिक्षा सदन र मिडिल पोइन्ट एलिमेन्टरी स्कूल — ले सहभागिता जनाएका थिए। तीनै विद्यामा छात्र तथा छात्राबीच प्रतिस्पर्धा भएको थियो।

एक सय मिटर दौड
छात्र तर्फको दौड तुर्केनी खेल मैदानमा आयोजना गरिएको थियो।
एमिटी पब्लिक स्कूलका कक्षा १० का रोहन भट्टराईले १० सेकेन्डमा दूरी पूरा गर्दै प्रथम भए।
सिदार्थ शिक्षा सदनका सहदेव भुर्तेल दोस्रो भए भने मिडिल पोइन्टका आयुस शाहा तेस्रो भए।
छात्रा तर्फ, सिदार्थ शिक्षा सदनकी अंशु सुवेदी १४ सेकेन्ड समय निकाल्दै प्रथम भइन्।
मिडिल पोइन्टकी रेशिका चौधरी दोस्रो र एमिटीकी नयन लिम्बू तेस्रो घोषित भइन्।


लङ्म जम्प (Long Jump)
छात्रतर्फ एमिटीका सौजल ओझा प्रथम बने।
सिदार्थका नकुल भुर्तेल दोस्रो तथा मिडिल पोइन्टका सुजन आचार्य तेस्रो भए।
छात्रातर्फ मिडिल पोइन्टकी खुसी सुनुवार प्रथम, सिदार्थकी कृतिका राई दोस्रो र एमिटीकी मान्यता श्रेष्ठ तेश्रो घोषित भइन्।

हाइजम्प
छात्रतर्फ एमिटीका रोहन भट्टराईले पुनः उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हात पारे।
सिदार्थका प्रोसेस श्रेष्ठ दोस्रो र मिडिल पोइन्टका आयुस शाहा तेस्रो भए।
छात्रातर्फ सिदार्थ शिक्षा सदनकी रितिका राई प्रथम, मिडिल पोइन्टकी अनुस्का चौधरी दोस्रो र एमिटीकी रेजिका श्रेष्ठ तेस्रो ठहरिइन्।

कार्यक्रम तथा अभिव्यक्ति
एमिटी पब्लिक स्कूलका प्रिन्सिपल सुवर्ण भट्टराईको सभापतित्व तथा मेचीनगर–६ का वडा सदस्य ध्रुव कुमार राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
मुख्य अतिथि राईले खेलकुदले शारीरिक क्षमता वृद्धि मात्र नभई जीवनपरिवर्तनमा समेत भूमिका खेल्ने बताउँदै नियमित खेलकुद आफ्नो दिनचर्यामा समावेश गर्नुपर्ने औंल्याए।

बालकल्याण माविका सहायक प्रिन्सिपल राजीव गिरीले खेल स्वस्थ जीवनको आधार भएको उल्लेख गर्दै निजी तथा सामुदायिक विद्यालयले खेलक्षेत्र विकासमा उल्लेख्य योगदान गरिरहेको बताए।
कार्यक्रममा प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेल, मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराल, मेरी लेण्ड स्कूलका प्रिन्सिपल शंकर मगर, मिडिल पोइन्टका सहायक प्रिन्सिपल अविनास राजवंशीलगायतको आतिथ्यता रहेको थियो।

समापनमा पुरस्कार वितरण
विद्यालयकी को–अर्डिनेटर सीता अधिकारीले सञ्चालन गरेको कार्यक्रममा प्रिन्सिपल तथा संयोजक भट्टराईले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि एन प्याब्सनले किताबी शिक्षासँगै अतिरिक्त गतिविधिमा जोड दिएको बताए।
आयोजकका अनुसार विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई समापन समारोहमा पुरस्कार प्रदान गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali