मेचीनगर । एन प्याब्सन झापाको आयोजनामा शनिबारदेखि सुरु भएको अन्तरविद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार मेचीनगर–६ स्थित एमिटी पब्लिक स्कूलमा एक सय मिटर दौड, लमजम तथा हाइजम्प प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा झापा जिल्लाका तीन विद्यालय — एमिटी पब्लिक स्कूल, सिदार्थ शिक्षा सदन र मिडिल पोइन्ट एलिमेन्टरी स्कूल — ले सहभागिता जनाएका थिए। तीनै विद्यामा छात्र तथा छात्राबीच प्रतिस्पर्धा भएको थियो। एक सय मिटर दौड छात्र तर्फको दौड तुर्केनी खेल मैदानमा आयोजना गरिएको थियो। एमिटी पब्लिक स्कूलका कक्षा १० का रोहन भट्टराईले १० सेकेन्डमा दूरी पूरा गर्दै प्रथम भए। सिदार्थ शिक्षा सदनका सहदेव भुर्तेल दोस्रो भए भने मिडिल पोइन्टका आयुस शाहा…