Skip to main content

Purbi Garjan

झापामा तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा सोमबार साँझ तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

प्रहरीका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र.१-०२-०४१ प ८९८७ नम्बरको मोटरसाइकल, सोही दिशाबाट आउँदै गरेको को ३१ प ९२९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०१-०१२ प ७६३५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा इलाम नगरपालिका–६ बस्ने करिब २५ वर्षीय भुपेन्द्र श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित B&C अस्पताल लगिएकोमा चिकित्सकले साँझ ५:१० बजे मृत घोषणा गरेका हुन्।

अन्य घाइतेहरूमा धरान–१५ बस्ने २७ वर्षीय मनीकुमार देवान, इटहरी–५ बस्ने २७ वर्षीय अनिष बस्नेत, इटहरी–५ कै २९ वर्षीय नन्दबहादुर मगर र इटहरी–१७ बस्ने २९ वर्षीय कमल मगर रहेका छन्। उनीहरूको बिर्तामोडस्थित स्पाइनेक्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न तीनै मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali