झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगितामा ब्रदर्श एफसी उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा ब्रदर्श एफसीले पूर्णिमा युवा क्लब भद्रपुरलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलको सुरुवातदेखि नै आक्रामक रणनीतिमा प्रस्तुत भएको ब्रदर्श एफसीले बल पोजेसनमा पकड जमाउँदै निरन्तर दबाब सिर्जना गरेको थियो । सोही दबाबलाई अवसरमा परिणत गर्दै खेलको ३०औँ मिनेटमा प्रविन राईले टोलीका लागि पहिलो गोल गरेका थिए । उनले दोस्रो बार च्याप्दै गरेको शक्तिशाली प्रहार पोलमा लागेर गोलमा परिणत भएपछि ब्रदर्शले अग्रता लिएको थियो ।…
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा सोमबार साँझ तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। प्रहरीका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र.१-०२-०४१ प ८९८७ नम्बरको मोटरसाइकल, सोही दिशाबाट आउँदै गरेको को ३१ प ९२९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०१-०१२ प ७६३५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा इलाम नगरपालिका–६ बस्ने करिब २५ वर्षीय भुपेन्द्र श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित B&C अस्पताल लगिएकोमा चिकित्सकले साँझ ५:१० बजे मृत घोषणा गरेका हुन्। अन्य घाइतेहरूमा धरान–१५ बस्ने २७ वर्षीय मनीकुमार देवान, इटहरी–५ बस्ने…