Skip to main content

Purbi Garjan

पूर्णिमा एफसी बाहिरियो, ब्रदर्श एफसी सेमिफाइनलमा

झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगितामा ब्रदर्श एफसी उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा ब्रदर्श एफसीले पूर्णिमा युवा क्लब भद्रपुरलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

खेलको सुरुवातदेखि नै आक्रामक रणनीतिमा प्रस्तुत भएको ब्रदर्श एफसीले बल पोजेसनमा पकड जमाउँदै निरन्तर दबाब सिर्जना गरेको थियो । सोही दबाबलाई अवसरमा परिणत गर्दै खेलको ३०औँ मिनेटमा प्रविन राईले टोलीका लागि पहिलो गोल गरेका थिए । उनले दोस्रो बार च्याप्दै गरेको शक्तिशाली प्रहार पोलमा लागेर गोलमा परिणत भएपछि ब्रदर्शले अग्रता लिएको थियो ।

पहिलो हाफ १–० ले आफ्नो पक्षमा पार्दै मैदान उत्रिएको ब्रदर्शले दोस्रो हाफमा पनि आफ्नो लय कायम राख्यो । खेलको ६२औँ मिनेटमा पुनः प्रविन राईले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । उत्कृष्ट समन्वय र सटिक फिनिसिङका कारण ब्रदर्श थप मजबुत अवस्थामा पुगेको थियो ।

दुई गोलले पछि परेको पूर्णिमा युवा क्लबले भने हार नमान्दै आक्रमणलाई तीव्रता दियो । खेलको ६७औँ मिनेटमा शक्ति राईले सुन्दर गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि पूर्णिमाले बराबरीका लागि निरन्तर प्रयास गरे पनि ब्रदर्शको सुदृढ रक्षापंक्ति र गोलकिपिङका कारण थप गोल गर्न सकेन ।

खेलको म्यान अफ द म्याच विजेता टोलीका नायक प्रविन राई घोषित भए । उनले आफ्नो उत्कृष्ट प्रदर्शनको लागि नगद रु. १ हजार ५ सयसहित ट्रफी प्राप्त गरे । यस जितसँगै ब्रदर्श एफसीले सेमिफाइनलमा आयोजक नकलबन्दा स्पोर्टिङ क्लबसँगको भेट पक्का गरेको छ, जहाँ दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

भोलिको खेल
प्रतियोगिता अन्तर्गत मंगलबार शनिश्चरे एफसी र आदर्श युवा क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । उक्त खेल पनि दिउँसो ३ बजेदेखि सोही मैदानमा सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali