Purbi Garjan

भारतको प्याज राजनीतिले नेपाली बजारमा पर्ने असर

Advertisement

दक्षिण एशियाका नागरिकका लागि प्याजको आफ्नै विशेष महत्व छ । विश्वमै धेरै प्याज उत्पादन गर्ने देश भारत पनि हो । नेपालमा जति प्याज आयात हुन्छ, त्यसको ९० प्रतिशत चाहिँ भारतबाटै हुन्छ । भारतमा प्याज भान्सामा मात्रै सीमित बनेको छैन । त्यहाँका लागि यो त राजनीतिक वस्तु नै हो भन्दा फरक नपर्ला ।

यसको उत्पादनले भारतीय नागरिकलाई त पुग्छ । साथै देशमा कुनै वस्तु बढी उत्पादन हुने र कुनै वस्तु कम हुने हुँदा त्यसले केही प्रभाव अवश्य पार्छ । भारतकै पनि सबैभन्दा बढी प्याज उत्पादन महाराष्ट्र प्रदेशमा हुन्छ । अहिलेको असर प्याज कम भएर होइन । महाराष्ट्रमा प्याज प्रशस्त छ । प्रशस्त प्याजको उत्पादन भए पनि भारतभर चाहिने भएकाले त्यहाँको सरकारले दुई तीन पटक निर्यात रोक्ने र छोड्ने गर्न थाल्यो । गत सालको भदौदेखि पुसम्म भारतले नेपालसहितका देशमा प्याज निर्यात बन्द गर्‍यो । त्यसपछि निर्यात घटेपछि भारतमा प्याजको भाउ घट्ने भयो । भाउ घटेपछि त्यहाँका किसानले आन्दोलन गर्न थाले । भारतमा चुनावको घोषणा भयो । अहिले पनि चुनाव चलिरहेको छ ।

अब प्याजको निर्यात घट्दा चुनावमा प्रभाव पर्ने हुँदा भारत सरकारले निर्यात खोल्ने निर्णय गर्‍यो । भारतले प्याजको भाउमा न्यूनतम मूल्य तोकेको छ । न्यूनतम मूल्य तोकेकोमा ४० प्रतिशत निर्यात कर पनि जोडिदियो । त्यसले गर्दा त्यहाँका किसानले विधिवत् मुल्य पाउने भए । यसको असरले हामीलाई अप्ठ्यारो पर्न सक्छ । खुला सिमाना भएको हुँदा धेरै प्याज अनौपचारिक बाटोबाट आउँछ । एक हप्ताअघि प्याजको मूल्य ५०र६० रुपैयाँ किलोमा किनबेच भएको थियो । न्यूनतम मूल्य भनेर ७३ रुपैयाँ प्रति किलो तोकेको छ । ७३ प्रतिशतले करिब २९ रुपैयाँ पर्न आउँछ । यसरी प्रति किलो एक सय रुपैयाँ भारतमै पर्छ । नेपालमा आइसकेपछि थोक व्यापारी, खुद्रा व्यापारी सबैले नाफा खानै पर्‍यो ।

अहिले जतिमा बिक्री भइरहेको छ प्याजको भाउ अब दोब्बर बढी हुन सक्छ । यो एक पटक होइन भारतमा उत्पादन घट्ने बढ्ने भइरहेको हुन्छ । खासगरी चुनावको बेलामा किसानले पनि यही हो बेला भनेर सरकारलाई दबाब दिन्छन् । किसान त भोट बैंक हुन् । त्यसकारण उनीहरुलाई रिझाउनका लागि पनि किसानको हितमा भारत सरकारले कदम चाल्छ । त्यसको सबैभन्दा बढी प्रभाव खुला सिमाना भएकै कारण नेपाललाई पर्छ । हाम्रो ९० प्रतिशत प्याजको आयात पनि भारतबाटै हुन्छ । त्यसैले पनि प्रत्यक्ष प्रभाव हाम्रो किसान, बजार र उपभोक्तालाई पर्ने देखिन्छ ।

भारतमा प्याज राजनीति

विशेषगरी भारतमा प्याज राजनीतिक वस्तु भयो । प्याजमा हरेक वर्ष कुनै न कुनै रुपले समस्या देखिन्छ । किनभने यो दैनिक नभइ नहुने वस्तु भयो । चुनावका बेलामा त झन् किसान चाहियो । दक्षिण एशियालगायत संसारभर नै राजनीतिज्ञलाई किसान चाहिने भनेको चुनावको बेलामा हो । त्यही भएर प्याजमा बढी राजनीति हुने कारण त्यो हो । नेपालमा राजनीतिभन्दा बढी प्याजको प्रभाव बजारमा पारेको छ । विगतका घटना हेर्दा भारतमा प्याजको राजनीतिक रुपले ठूलो प्रभाव पारेको देखिन्छ । त्यहाँ प्याजकै कारण मन्त्री र सरकारले राजीनामा दिनुपरेका घटना पनि छन् । त्यसैले प्याज अत्यावश्यक वस्तु भएकाले भारतीय राजनीतिमा प्रभाव परेको हो ।

नेपालमा प्याजको उत्पादन र बजारीकरण

हामीलाई भौगोलिक वरदान नै छ । सबै किसिमको हावापानी छ । गर्मी क्षेत्र ९तराई०, मध्यपहाडी र उच्च पहाडी भेग छ । साधारणतया कात्तिकरमंसिरमा प्याजको बेर्ना सारेर वैशाखरजेठमा प्याजको उत्पादन गरिन्छ । तराईमा भन्दा पहाडमा एक महिना पछाडि प्याज उत्पादन हुन्छ । उच्च पहाडी क्षेत्रमा पनि प्याजको उत्पादन गर्न सकिन्छ । त्यहाँ फागुन चैतमा बेर्ना रोपेर साउनरभदौमा उत्पादन गरिन्छ । यसरी हामीले सिजन मिलाएर भौगोलिक अवस्थाअनुसार उत्पादन गर्न सकिने एउटा सम्भावना छ । नेपालमा भन्डै तीन दशकअघि उत्पादन प्रविधिमा विकास पनि भएको हो । त्यो बेला कात्तिकरमंसिरमा बेर्ना लगाउनुको सट्टा पुसरमाघमा लगाइन्थ्यो । वैैशाखरजेठमा सानो गाज निस्किन्थ्यो । त्यो गाज फेरि जेठरअसारमा लगायो भने भदौ, असोज वा काक्तिकमा उत्पादन हुन्छ । हामीले ुबल्बप्लेटु भन्छौं सानो मसिनो केरउको दाना जस्तो हुन्छ । विभिन्न प्रविधिबाट उत्पादन गर्न पनि मिल्छ ।

हाम्रो भौगोलिक क्षेत्रले पनि विभिन्न समयमा उत्पादन गर्न मिल्छ । यसलाई मध्यनजर गरेर नेपाल सरकारले २०६६ सालमा प्याज मिसन भनेर पनि चलायो । तर नेपालमा कृषि क्षेत्रको कार्यक्रममा निरन्तरता छैन । अर्को कुरा युवाहरुले कृषि गर्नुपर्छ । यो मर्यादित पेशा हो । यसबाट आम्दानी, दिगो विकास अनि आत्मनिर्भर भइन्छ भनेर देशले युवा वर्गलाई प्रोत्साहन गर्नुपर्ने हो । कृषिमा प्रोत्साहन नहुँदा यस्तो पेशा भयो कि कतै कुनै काम नपाए बल्ल कृषिमा लागेको पाउँछौ ।

कृषिमा सम्भावना, प्रविधि र बजार छ । खेती गर्न नसक्ने भन्ने पनि छैन । सरकारले कृषिलाई मर्यादित र आत्मनिर्भर बनाउन सकेको छैन । कृषिलाई समाजले मर्यादा पनि दिएको छैन । तर उत्पदानको सम्भावना चाहिँ धेरै छ ।

सरकारले किसानलाई उत्पादनमा सहयोग गर्नुपर्छ

हामीसँग उपयुक्त जमिन छ । अहिले प्याज हुने खेतीमा बाँदर दौडिरहेको छ । प्याज बाँदरले खानी चिज पनि होइन । विदेश पलायन उन्मुख भएका युवा छन् । सरकारले युवा विदेश पलायन नहुँदै यहाँको उत्पादनमा जोड दिनुपर्ने देखिन्छ । साथै यो वस्तु उत्पादन गर्‍यो भने यसको बजारीकरण र फाइदा यस्तो छ भनेर बुझाउनु सक्नुपर्छ । कृषि इज्जतदार पेशा हो । सबैभन्दा पहिले सरकारले कृषि पेशा चाहे प्याज उत्पादन, अन्न उत्पादन, जुनसुकै उत्पादन गर्ने काम अतिउत्तम पेशा हो भन्ने भान गराउनुपर्छ । हाम्रो पुरानो भनाइ छ नि ुकृषि मूलत जीवनु । यो भनेको कृषि नै जीवनको मूल आधार हो । त्यो मन्त्रमा मात्रै सीमित भयो । यसलाई व्यवहारमा ल्याउन सरकारले प्रयास नै गरेन । मैले भोगेको पञ्चायत कालमाभन्दा अहिले कृषिको महत्व घट्दै गएको देखिन्छ । पञ्चायतमाभन्दा बहुदलमा महत्व घट्यो । अझ यो संघीय व्यवस्था आएर लागू भइसकेपछि त हामीले कृषि क्षेत्रलाई डामाडोल गरायौं । त्यसपछि नागरिक बारी र खेतमा जानै छाडे । अहिले बारी हेर्दा हरियो प्याजको गाँज देख्नुपर्नेमा खाली देख्नुपरेको छ । यसमा सरकारले ठूलो प्रयास गर्नुपर्ने देखिन्छ ।

कृषिलाई मर्यादित र इज्जतदार पेशा बनाउन राजनीतिज्ञको सहयोग बिना नहुँदो रहेछ । छिमेकी भारत र चीन हामीभन्दा प्रविधिमा धेरै अगाडि छन् । हामीले धेरै प्याज उत्पादन गर्‍यौं भने भारतसँगै प्रतिस्पर्धा गर्नुपर्छ । त्यसैले भारतले जति लागतमा उत्पादन गर्न सक्छ त्योसँग प्रतिस्पर्धा गर्ने प्रविधि विकास गर्नुपर्‍यो । किन त समय छल्नुपर्‍यो । यो भनेको उसले उत्पादन गर्ने सिजनभन्दा अर्को सिजनमा हामीले प्याजको उत्पादन गर्न सक्नुपर्‍यो । त्यसरी मिलाएर गर्न सक्यौं र किसानलाई सहुलियत दिनी हो भने सम्भावना छ ।

सरकारको कार्यान्वय पाटो फितलो

हाम्रो सबैभन्दा कमजोरी नै सरकारको कार्यान्वय पाटो छ । सबैले बुझ्ने भाषामा के उदाहरण दिन चाहन्छु भने अब २०६२र०६३ सालपछि कृषि तथा पशुपछी विकास मन्त्रालय महत्त्वको हिसाबले एक नम्बरको मन्त्रालय हुनुपर्ने हो । तर आजसम्म खुशीले त्यो मन्त्रालय रोजेको नेता देखिएका छैनन् । कृषि मन्त्रालयमा आउने मन्त्री करले आउने हो । यसैले कृषिमा राज्यले कसरी हेर्छ भन्ने दृष्टिकोण देखिन्छ । प्राथमिकता नभएको देखिन्छ ।

भन्नलाई भाषणमा कृषि प्रधान देश भनिन्छ । झन्डै २५ प्रतिशत कुल ग्राहस्थ उत्पादनमा दिने कृषि क्षेत्र हो । झन्डै ५० प्रतिशत नागरिकलाई कृषि पेशाले रोजगार दिएको छ । सरकारको बजेट हेर्‍यो भने तीन प्रतिशतभन्दा पनि कम छ । १० वर्षजति भयो अलिअलि भएका कृषिका अनुभवी जनशक्ति बाहिर पलायन हुन थाले । त्यस्तै शिक्षण संस्थामा पनि विकृति आएको छ । जुन चाहिएको जनशक्ति हो, व्यवहारिक ज्ञान सिकाएर जनशक्ति तयार पार्न सकेको देखिँदैन ।

अर्कोतर्फ अलिअलि भएका जनशक्ति पनि नेपालमा काम नपाएर बाहिर जाने प्रयास गर्दैछन् । पछिल्लो दशक हेर्दा कृषि मन्त्रालयमा प्राविधिक जनशक्ति थपेको देखिँदैन । अहिले दक्ष जनशक्ति एकदम अभाव भइरहेको देखिन्छ । यही हुने हो भने भोलि प्राविधिक सेवा कसले दिने रु पहिले पनि यो समस्या नभएको होइन तर अहिले जस्तो विग्रंदो अवस्था थिएन ।

कृषि शिक्षा प्रणाली

विगत पाँचरसात वर्षको अवधि हेर्ने हो भने कृषि विश्वविद्यालय नै तीन वटा भइसक्यो । धेरै कलेजमा पढाइ पनि हुन्छ । तर कतिपय कलेज पूर्वाधार बिना सञ्चालनमा छन् । कृषि क्षेत्र प्राविधिक क्षेत्र हो । प्राविधिक क्षेत्रको लागि ल्याब मात्रै भएर पुग्दैन । व्यवहारिक ज्ञान सिकाउनका लागि कृषिलाई नभइ नहुने क्षेत्र भनेको जमिन हो । पहिले एउटा मात्र चितवनमा रामपुर कृषि कलेज थियो । त्योसँग प्रशस्त जमिन थियो । त्यहाँ विद्यार्थीहरु भर्ना हुन भिड पनि लाग्थ्यो । अहिले च्याउ उम्रेका जस्तो शिक्षण संस्था खुले । विद्यार्थी भर्ना भए, पढे, पास भए तर उनीहरुको प्रमाण पत्र कतै पनि बिक्री गर्न लायक नै भएन । त्यसपछि त्यो प्रमाण पत्रले काम दिन छाड्यो ।

अर्को कुरा अहिले कृषिमा बाहिर विशेषगरी अमेरिका, यूरोप, अष्ट्रेलियामा ठूलो माग छ । नेपालबाट पनि धेरै सङ्ख्यामा जाने गरेका छन् । १२ कक्षा उत्तीर्ण हुने वित्तिकै विद्यार्थी बाहिर जान थाले । त्यहाँ गएपछि इज्जत र तलब दुबै राम्रो छ । काम पनि भनेको समयमा पाइन्छ । त्यसैले कृषि पढेका विद्यार्थीलाई जसरी काम पाउन बाहिर सजिलो छ, नेपालमा छैन । त्यसले गर्दा पनि निराशा बढ्दै गयो ।
अहिले पनि मैले सुनेअनुसार रामपुर र त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कलेजमा कृषि पढ्ने विद्यार्थी पहिलेभन्दा घटेका छन् । किनभन्दा शिक्षाको गुणस्तर घट्नु र व्यवहारिक शिक्षा नहुनु सम्बन्धीत शिक्षा मन्त्रालयको दोष हो । देशको माग कुन क्षेत्रमा छ र देशको अवश्यकतालाई मध्यनजर गरेर जनशक्तिको मागलाई सम्बोधन गर्‍यो भने हाम्रो जस्तो कृषि प्रधान देशमा बेरोजगार भएर बस्न पर्दैन । कृषिका विषय अध्ययन गरेका विद्यार्थी काम नपाएर बस्नु भनेको लाजमर्दो कुरा हो । सम्बन्धित सरोकारवालाको समन्वय नमिल्दा मात्र यस्तो भएको हो । यो सुधार्न जरुरी छ ।

(कृषि विज्ञ भैरवराज कैनीसँग गरिएको कुराकानीमा आधारित) उज्यालो अनलाईनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सामना परिवारको विर्तामोड प्रस्तुति: भावुक बने दर्शक, रसाइरहे आँखाहरू

सामना परिवारको विर्तामोड प्रस्तुति: भावुक बने दर्शक, रसाइरहे आँखाहरू

प्रविण अधिकारी विर्तामोड । झापाको विर्तामोडमा जनवादी कलाकारहरूले "समाजवादका लागि सामना सांस्कृतिक अभियान" अन्तर्गत जनचेतनामूलक प्...
नकलबन्दामा नगरस्तरीय फुटबल हुँदै, नगर खेलकुद विकास समितिले उपेक्षा गरेको गुनासो

नकलबन्दामा नगरस्तरीय फुटबल हुँदै, नगर खेलकुद विकास समितिले उपेक्षा गरेको गुनासो

नकलबन्दा । झापाको मेचीनगर-५ नकलबन्दा स्थित मेची आदर्श आधारभूत विद्यालयको प्राङ्गणमा आगामी फागुन ७ गतेदेखि `दोस्रो नगरस्तरीय नकलबन्...
शनिवार विर्तामोडमा ” सामना कन्सर्ट” हुँदै बहुचर्चित राष्ट्रिय कलाकारहरु झापामा

शनिवार विर्तामोडमा ” सामना कन्सर्ट” हुँदै बहुचर्चित राष्ट्रिय कलाकारहरु झापामा

विर्तामोड । झापाको विर्तामोड स्थित हनुमान कम्प्लेक्सको प्राङ्गणमा पहिलोपटक जनवादी गीत संगीत " सामना कन्सर्ट" हुने भएको छ। भोलि दिउ...
चारआली म्युजिक फेस्ट: चर्चित ब्यान्ड जोन एण्ड द लोकल्स आउने

चारआली म्युजिक फेस्ट: चर्चित ब्यान्ड जोन एण्ड द लोकल्स आउने

मेचीनगर। झापाको चारआलीमा "चाराली म्युजिक फेस्ट २०२५ " आयोजना हुने भएको छ। फागुन ९ गते (फेब्रुअरी २१) निचाझोडा सिमसार नजिकै हातेमाल...