Purbi Garjan

वाल्मीकि र मनकामनामा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम

Advertisement

बिर्तामोड । झापाको बिर्तामोडमा लागुऔषध दुर्व्यसन सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सुरु भएको छ ।

पछिल्लो समय लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै गएपछि विद्यालयस्तरबाटै सुधार ल्याउने उद्देश्यसाथ विद्यार्थी लक्षित सचेतना कार्यक्रम गरिएको हो ।

झापा टुडे मिडिया प्रालिको आयोजना, बिर्तामोड नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा इलाका प्रहरी कार्यालय अनारमनीको सहकार्यमा सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रमको पहिलो दिन बिर्तामोड(१ मा रहेका वाल्मीकि एजुकेसन फाउन्डेसन र मनकामना सेकेन्डरी स्कुलका विद्यार्थीहरुबीच कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा वाल्मीकिबाट १७१ जना र मनकामनाबाट १४३ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड वडा नम्बर १ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डे, नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवनकुमार खड्का, वाल्मीकिका शिक्षक कुलमणि चौलागाईं, मनकामनाका सहायक प्रधानाध्यापक ध्रुव गौतमले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

झापा टुडेका अध्यक्ष तथा सम्पादक हिमाल खरेलको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक नरेश लिम्बूले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमपछि विद्यार्थीहरु समिप लिङदाम, संस्कृति प्रसाईं र सुदन खरेलले प्रशिक्षणबाट सिकेको अनुभव सुनाएका थिए ।

वडा सचिव टिका अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमको सञ्चालन झापा टुडेकी निर्देशक तथा समाचार प्रमुख विनिशा शर्माले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुँदै

प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुँदै

मेचीनगर। झापाको मेचीनगर नगरपालिका - ८ मा प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुनेभएको छ। बि एण्ड एस क्रिकेट क्लबको आयोजन...
वेलवारीमा १५० भन्दा बढी किसानको सहभागिता, विप्लवले आत्मनिर्भर अर्थतन्त्रको आह्वान

वेलवारीमा १५० भन्दा बढी किसानको सहभागिता, विप्लवले आत्मनिर्भर अर्थतन्त्रको आह्वान

वेलवारी, झापा – कृषि क्षेत्रको सशक्तीकरण र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि वेलवारीमा एक महत्वपूर्ण कृषक भेटघाट तथा अन्तरक्रिय...
इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस ११ लाई

इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस ११ लाई

मेचीनगर । इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस -११ ले जितेको छ । मेचीनगर –४ बाहुण्डाँगीस्थित सरस्वती माविको खेल म...
पूर्व जनमुक्ति सेनाले बिप्लवलाई भने – “तपाईंसँग आशा छ”

पूर्व जनमुक्ति सेनाले बिप्लवलाई भने – “तपाईंसँग आशा छ”

झापा | पूर्व जनमुक्ति सेनाहरूसँगको भेटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ लाई ती सेनाहरूले विभ...