Skip to main content

Purbi Garjan

वाल्मीकि र मनकामनामा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम

बिर्तामोड । झापाको बिर्तामोडमा लागुऔषध दुर्व्यसन सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सुरु भएको छ ।

पछिल्लो समय लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै गएपछि विद्यालयस्तरबाटै सुधार ल्याउने उद्देश्यसाथ विद्यार्थी लक्षित सचेतना कार्यक्रम गरिएको हो ।

झापा टुडे मिडिया प्रालिको आयोजना, बिर्तामोड नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा इलाका प्रहरी कार्यालय अनारमनीको सहकार्यमा सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रमको पहिलो दिन बिर्तामोड(१ मा रहेका वाल्मीकि एजुकेसन फाउन्डेसन र मनकामना सेकेन्डरी स्कुलका विद्यार्थीहरुबीच कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा वाल्मीकिबाट १७१ जना र मनकामनाबाट १४३ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड वडा नम्बर १ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डे, नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवनकुमार खड्का, वाल्मीकिका शिक्षक कुलमणि चौलागाईं, मनकामनाका सहायक प्रधानाध्यापक ध्रुव गौतमले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

झापा टुडेका अध्यक्ष तथा सम्पादक हिमाल खरेलको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक नरेश लिम्बूले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमपछि विद्यार्थीहरु समिप लिङदाम, संस्कृति प्रसाईं र सुदन खरेलले प्रशिक्षणबाट सिकेको अनुभव सुनाएका थिए ।

वडा सचिव टिका अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमको सञ्चालन झापा टुडेकी निर्देशक तथा समाचार प्रमुख विनिशा शर्माले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त...
ne_NPNepali