Purbi Garjan

दिन: २०८१ जेष्ठ २९, मंगलवार

वाल्मीकि र मनकामनामा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम

वाल्मीकि र मनकामनामा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम

बिर्तामोड । झापाको बिर्तामोडमा लागुऔषध दुर्व्यसन सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सुरु भएको छ । पछिल्लो समय लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै गएपछि विद्यालयस्तरबाटै सुधार ल्याउने उद्देश्यसाथ विद्यार्थी लक्षित सचेतना कार्यक्रम गरिएको हो । झापा टुडे मिडिया प्रालिको आयोजना, बिर्तामोड नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा इलाका प्रहरी कार्यालय अनारमनीको सहकार्यमा सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रमको पहिलो दिन बिर्तामोड(१ मा रहेका वाल्मीकि एजुकेसन फाउन्डेसन र मनकामना सेकेन्डरी स्कुलका विद्यार्थीहरुबीच कार्यक्रम गरिएको थियो । कार्यक्रममा वाल्मीकिबाट १७१ जना र मनकामनाबाट १४३ जना विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड वडा नम्बर १ का वडा अध्यक्ष अग्निप्रसाद…
Read More
अखिल (समाजवादी ) झापाको अध्यक्षमा डिपी सी

अखिल (समाजवादी ) झापाको अध्यक्षमा डिपी सी

झापा। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (समाजवादी ) झापाको अध्यक्षमा डीपी सी चयन भएका छन्। हिजो विर्तामोडमा सम्पन्न बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । पार्टीका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सुमनसिंह सी को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले १० जना पदाधिकारी समेत चयन गरेको छ। संगठनले उपाध्यक्षमा क्रमशः अंकिता सी, भिषण सी र प्रदीप सीलाई चयन गरेको छ भने सचिवमा रोशन सी, सह- सचिवमा क्रमशः सरस्वती सी, रमेश सी, अनिता सी र सजिना सी लाई चयन गरेको छ भने कोषाध्यक्षमा सविना सीलाई चयन गरेको छ। बैठकले आगामी दिनमा सबैखाले शैक्षिक बेथितिहरु विरुद्ध संघर्ष गर्ने र संगठनलाई सुदृढ बनाउन…
Read More
ne_NPNepali