Skip to main content

Purbi Garjan

लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम विर्तामोडमा सम्पन्न

बिर्तामोड । झापाको बिर्तामोड स्थित ग्रिन फिल्ड वर्ल्ड स्कुलमा कार्यशाला गर्दै दुई दिने लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

आज भएको कार्यक्रममा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसनविरुद्ध र बालश्रमविरुद्ध सचेतना प्रशिक्षण दिइएको थियो ।

पछिल्लो समय लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै गएपछि विद्यालयस्तरबाटै सुधार ल्याउने उद्देश्यसाथ विद्यार्थी लक्षित सचेतना कार्यक्रम गरिएको हो ।

झापा टुडे मिडिया प्रालिको आयोजना, बिर्तामोड नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा इलाका प्रहरी कार्यालय अनारमनीको सहकार्यमा सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रमको पहिलो दिन हिजो बिर्तामोड-१ मा रहेका वाल्मीकी एजुकेसन फाउन्डेसन र मनकामना सेकेन्डरी स्कुलका विद्यार्थीहरुबीच कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा ग्रिन फिल्ड वर्ल्डबाट ११० जना, वाल्मीकिबाट १७१ जना र मनकामनाबाट १४३ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

आज भएको समापन कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड वडा नम्बर १ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डे र ग्रिन फिल्ड वर्ल्ड स्कुलकी निर्देशक मनिषा बस्नेतले कार्यक्रम उपलब्धिमुलक भएको बताएका थिए ।

झापा टुडेका अध्यक्ष तथा सम्पादक हिमाल खरेलको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक नरेश लिम्बूले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सञ्चालन झापा टुडेकी निर्देशक तथा समाचार प्रमुख विनिशा शर्माले गरेकी थिइन् ।

कार्यक्रमपछि विद्यार्थीहरु लुना ओली र सोफिया प्रसाईंले यस्ता कार्यक्रमले आफूहरुमा धेरै ज्ञान प्राप्त भएको अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali