Purbi Garjan

दिन: २०८१ जेष्ठ ३०, बुधबार

लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम विर्तामोडमा सम्पन्न

लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम विर्तामोडमा सम्पन्न

बिर्तामोड । झापाको बिर्तामोड स्थित ग्रिन फिल्ड वर्ल्ड स्कुलमा कार्यशाला गर्दै दुई दिने लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । आज भएको कार्यक्रममा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसनविरुद्ध र बालश्रमविरुद्ध सचेतना प्रशिक्षण दिइएको थियो । पछिल्लो समय लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै गएपछि विद्यालयस्तरबाटै सुधार ल्याउने उद्देश्यसाथ विद्यार्थी लक्षित सचेतना कार्यक्रम गरिएको हो । झापा टुडे मिडिया प्रालिको आयोजना, बिर्तामोड नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा इलाका प्रहरी कार्यालय अनारमनीको सहकार्यमा सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रमको पहिलो दिन हिजो बिर्तामोड-१ मा रहेका वाल्मीकी एजुकेसन फाउन्डेसन र मनकामना सेकेन्डरी स्कुलका विद्यार्थीहरुबीच कार्यक्रम गरिएको थियो । कार्यक्रममा ग्रिन फिल्ड…
Read More
दिपेन्द्रसिंह टी-२० अन्तर्राष्ट्रिय क्रिकेट अलराउन्डर तर्फ नवौं स्थानमा

दिपेन्द्रसिंह टी-२० अन्तर्राष्ट्रिय क्रिकेट अलराउन्डर तर्फ नवौं स्थानमा

झापा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी तथा उपकप्तान दीपेन्द्रसिंह ऐरी अलराउन्डर तर्फ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्व वरीयताको नवौँ स्थानमा आइपुगेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा १० नम्बरमा रहेका दीपेन्द्रले एक स्थान सुधार गर्दै नवौँ स्थानमा आइपुगेका हुन् । टी–२० वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा अफगानिस्तानका मोहम्मद नाबी रहेका छन् भने दोस्रो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस र तेस्रो स्थानमा श्रीलङ्काका वानिन्दु हसरङ्गा रहेका छन् । टी–२० वरीयताको अलराउन्डरतर्फ नेपालकै कुशल मल्ल ३५ औँ, गुल्सन झा ६२ औँ, कप्तान रोहित पौडेल ६६ औँ र करण केसी ६९ औँ स्थानमा छन् ।
Read More
सर्वोच्चको आदेशपछि छट्पटीमा गिरीबन्धु टी स्टेटका सञ्चालक

सर्वोच्चको आदेशपछि छट्पटीमा गिरीबन्धु टी स्टेटका सञ्चालक

झापा । सर्वाधिक चासोको विषय बनेको झापाको गिरीबन्धु टी स्टेटको नाममा रही चिया उत्पादनका लागि उपयोग नभएको जग्गा सरकारीकरण गर्न सर्वोच्च अदालतले आदेश दिएपछि यतिबेला सञ्चालकहरुमा खैलाबैला मच्चिएको छ । साथै उक्त विषयले अहिले सदनदेखि शहरबजार तथा गाँउ घरको टोलटोलमा जताततै चर्चा छाएको छ । खासगरी भूमाफियाहरुको सेटिङ्गमा हदबन्दी छुटबाट पाएको गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न दिने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले निर्णय खारेज गर्दै चिया उत्पादक बाहेक अरु प्रयोजनमा रहेका जग्गा सरकारीकरण गर्नू भनी आदेश जारी गरेपछि गिरीबन्धु टी स्टेटका सञ्चालक गिरी परीवार यतिबेला तनावमा परेका छन् । यसै बिषयमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै सञ्चालक छत्र…
Read More
माइ वर्ल्ड रिकन्डिसन सर्भिस सेन्टर मेचीनगरद्वारा विद्युतीय सवारीको बिक्री सुरु

माइ वर्ल्ड रिकन्डिसन सर्भिस सेन्टर मेचीनगरद्वारा विद्युतीय सवारीको बिक्री सुरु

मेचीनगर। झापाको मेचीनगर नगरपालिका वडा नम्बर -७ मा एक वर्षअघि देखि सञ्चालनमा आएको माइ वर्ल्ड रिकन्डिसन सर्भिस सेन्टरले दुई पाङ्ग्रे र तीन पाङ्ग्रे विद्युतीय सवारीको बिक्री सुरु गरेको छ । विद्युतीय ऊर्जाको नियमित उपलब्धतासँगै सर्भिस सेन्टरले विद्युतीय सवारी बिक्रीमा हात हालेको सञ्चालक ओमप्रकाश खापुङले जानकारी दिए। कोशी प्रदेशका प्रमुख परशुराम खापुङ र प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले संयुक्त रुपमा विद्युतीय सवारीको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खापुङले स्वदेशमै लगानी गर्ने र रोजगारीका अवसर सिर्जना गर्ने व्यावसायिक युवाका पक्षमा सरकारले सहयोग गर्नुपर्ने बताए । देशमा केही भएन भन्नेहरुका लागि उदाहरणीय कार्य रहेको प्रशंसा गर्दै खापुङले सरकारको नीति तथा कार्यक्रम…
Read More
ne_NPNepali