Skip to main content

Purbi Garjan

माइ वर्ल्ड रिकन्डिसन सर्भिस सेन्टर मेचीनगरद्वारा विद्युतीय सवारीको बिक्री सुरु

मेचीनगर। झापाको मेचीनगर नगरपालिका वडा नम्बर -७ मा एक वर्षअघि देखि सञ्चालनमा आएको माइ वर्ल्ड रिकन्डिसन सर्भिस सेन्टरले दुई पाङ्ग्रे र तीन पाङ्ग्रे विद्युतीय सवारीको बिक्री सुरु गरेको छ ।

विद्युतीय ऊर्जाको नियमित उपलब्धतासँगै सर्भिस सेन्टरले विद्युतीय सवारी बिक्रीमा हात हालेको सञ्चालक ओमप्रकाश खापुङले जानकारी दिए। कोशी प्रदेशका प्रमुख परशुराम खापुङ र प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले संयुक्त रुपमा विद्युतीय सवारीको उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खापुङले स्वदेशमै लगानी गर्ने र रोजगारीका अवसर सिर्जना गर्ने व्यावसायिक युवाका पक्षमा सरकारले सहयोग गर्नुपर्ने बताए । देशमा केही भएन भन्नेहरुका लागि उदाहरणीय कार्य रहेको प्रशंसा गर्दै खापुङले सरकारको नीति तथा कार्यक्रम अन्तर्गत विद्युतीय गाडी पनि पर्ने बताए ।

नेपाली युवाको विदेश पलायनले विकास प्रक्रियामा पर्न सक्ने असरप्रति चिन्ता व्यक्त गर्दै प्रदेश प्रमुख खापुङले स्वदेशमै आत्मनिर्भर बन्न चाहनेका लागि सरकारले उत्प्रेरकको काम गर्नु पर्नेमा जोड दिए ।

पेट्रोलियम पदार्थको बढ्दो खपत र त्यसबाट हुने वायु प्रदूषण नियन्त्रणका लागि पनि विद्युतीय सवारीको प्रयोग बढाउँदै लैजानुपर्ने आवश्यकता रहेकाले दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीको बिक्री सुरु गरिएको सर्भिस सेन्टरका कार्यकारी व्यवस्थापक ओमप्रकाश खापुङ बताउँछन् ।

मेचीनगर-७ आयाबारीमा स्थापना भएको सर्भिस सेन्टरले सवारी साधन मर्मत, पुराना सवारी साधनकाे खरिद बिक्री, सवारी साधनका मोटर पाट्स बिक्री, गाडी रिजर्व लगायतका सुविधा प्रदान गर्दै आएको छ ।

सर्भिस सेन्टरका सञ्चालक नारायण चोङवाङका अनुसार साइकल, स्कुटी र टेम्पो बिक्रीमा राखिएका छन् । ८५ हजारदेखि १ लाख ३० हजार सम्मका साइकल, एक लाख ५० हजारदेखि ३ लाख १८ हजार सम्मका स्कुटी र ८ लाख ४० हजार रुपैयाँ पर्ने बिक्री भइरहेको चाेङवाङले बताए ।

प्रथम वार्षिक उत्सव मनाइरहँदा सर्भिस सेन्टरले अहिलेसम्म २५ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएको सञ्चालकले बताएका छन् । प्रथम वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा एभरेष्ट अटो प्रालिका मेनेजिङ डाइरेक्टर मिलन लिम्बुले स्वागत गरेका थिए ।

सञ्चारकर्मी भूमिका सुब्बा फियाकले सञ्चालन गरेको कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख खापुङ, प्रदेश सभाका पूर्व सदस्य श्रीप्रसाद मैनाली, वडाध्यक्ष प्रल्लादमणि ओली, नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्की, नेकपा माओवादी मेचीनगरका अध्यक्ष राजन चिमोरिया, व्यवसायीहरु केशवराज पाण्डे, डिल्लीराम घिमिरे र उदयकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali