Purbi Garjan

सर्वोच्चको आदेशपछि छट्पटीमा गिरीबन्धु टी स्टेटका सञ्चालक

Advertisement

झापा । सर्वाधिक चासोको विषय बनेको झापाको गिरीबन्धु टी स्टेटको नाममा रही चिया उत्पादनका लागि उपयोग नभएको जग्गा सरकारीकरण गर्न सर्वोच्च अदालतले आदेश दिएपछि यतिबेला सञ्चालकहरुमा खैलाबैला मच्चिएको छ । साथै उक्त विषयले अहिले सदनदेखि शहरबजार तथा गाँउ घरको टोलटोलमा जताततै चर्चा छाएको छ ।

खासगरी भूमाफियाहरुको सेटिङ्गमा हदबन्दी छुटबाट पाएको गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न दिने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले निर्णय खारेज गर्दै चिया उत्पादक बाहेक अरु प्रयोजनमा रहेका जग्गा सरकारीकरण गर्नू भनी आदेश जारी गरेपछि गिरीबन्धु टी स्टेटका सञ्चालक गिरी परीवार यतिबेला तनावमा परेका छन् ।

यसै बिषयमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै सञ्चालक छत्र गिरीले गिरीबन्धु टि स्टेट आफुहरूको निजी सम्पत्ति रहेको र यसलाई सरकारीकरण गर्न कुनै हालतमा नसकिने बताएका छन्। विषेश स्रोतका अनुसार उक्त जग्गा भूमाफियाहरुले तिनपटक सम्म किनबेच गरिसकेको र अहिले सर्वोच्चको फैसलाले सबैलाई तनावमा पारेको छ।

यता सर्वोच्चले भने यसअघि नै फैसला गर्दै ‘गिरीबन्धु टि स्टेटको जग्गाको क्षेत्रफल गणना गर्दा २०६० सालको निर्णय बमोजिम हस्तान्तरण गरिएको ५१ बिगाहा जग्गालाई समेत कूल हदबन्दी क्षेत्रफल कायम गर्ने प्रयोजनका लागि गणना गर्नू।’ त्यस्तै गिरीबन्धु टी स्टेटको जग्गा मुद्दाको हकमा चिया उद्योगको काम रहेसम्म भनी हदबन्दीमा छुट पाएको जग्गा अरु कुनै पनि कामका लागि प्रयोग हुन नमिल्ने भन्दै सर्वोच्च अदालतले ३४३ बिगाहा १९ कट्टा, १२ धुर जग्गा सट्टापट्टा हुन नसक्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुँदै

प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुँदै

मेचीनगर। झापाको मेचीनगर नगरपालिका - ८ मा प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुनेभएको छ। बि एण्ड एस क्रिकेट क्लबको आयोजन...
वेलवारीमा १५० भन्दा बढी किसानको सहभागिता, विप्लवले आत्मनिर्भर अर्थतन्त्रको आह्वान

वेलवारीमा १५० भन्दा बढी किसानको सहभागिता, विप्लवले आत्मनिर्भर अर्थतन्त्रको आह्वान

वेलवारी, झापा – कृषि क्षेत्रको सशक्तीकरण र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि वेलवारीमा एक महत्वपूर्ण कृषक भेटघाट तथा अन्तरक्रिय...
इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस ११ लाई

इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस ११ लाई

मेचीनगर । इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस -११ ले जितेको छ । मेचीनगर –४ बाहुण्डाँगीस्थित सरस्वती माविको खेल म...
पूर्व जनमुक्ति सेनाले बिप्लवलाई भने – “तपाईंसँग आशा छ”

पूर्व जनमुक्ति सेनाले बिप्लवलाई भने – “तपाईंसँग आशा छ”

झापा | पूर्व जनमुक्ति सेनाहरूसँगको भेटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ लाई ती सेनाहरूले विभ...