झापा । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन्।
असार ५ र ६ गते ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन उनी सोमबार बिहान २ः१५ बजेको उडानबाट ब्राजिल प्रस्थान गरेका हुन्।
बैठक सम्पन्न गरेर मेयर साह असार ८ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ। उनका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि रहेको महानगरले जनाएको छ।