खै मेरो लोकतन्त्र शान्ता भण्डारी जनयुद्ध घोषणा भो बिद्रोह सशस्त्र को जनता लामबद्ध भो प्रतिकार दमनको । जनपक्षिय अगुवाहरु जनताका प्रतिनिधिहरु समातिन्थे नै दिनहुँ अचम्म थिएन मारिनु । बेपत्ता र घाइतेको गणना नै कहाँ थियो उठिवास कति हुन्थ्यो त्याग्नै घरवास पथ्र्यो । लक्का जवान बाइसको बाइसै पुग्यो बिछोडको अँधेरी थियो बिहानको असार तीन एकासिको । उडी आयो चिलसरी राज्यको क्रुर सिपाही टिपि गयो चल्ला लिई काख आमाको रित्याई । पत्तो आजसम्म छैन सूचना सुइको छैन छ कहाँ बोलिदैन देखाउन मानिदैन । रक्षा दायीत्व उसको किन भक्षक आफै बन्यो प्रश्न छ राज्यलाई मेरो मेरो सन्तान कहाँ गयो ? बिराम के उसको…
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले जनता लक्षित स्थानीय तहको बजेट ल्याउन विभिन्न सरोकारवालाहरूसंग छलफललाई तिब्रता दिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीसहित उपप्रमुख मीना पोख्रेल उप्रेतीलगायतका जनप्रतिनिधि रहेको मेचीनगरले नयाँ आर्थिक बर्ष २०८१/०८२ को बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा राय सल्लाह सुझावसहित छलफल गरेको हो । नगरपालिकाले नयाँ आर्थिक बर्षको बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा मेचीनगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष, सामुदायिक क्याम्पसका क्याम्पस प्रमुख तथा अध्यक्षहरूसंग छलफल सम्पन्न गरेको छ । त्यस्तै नगरका सक्रिय राजनीति दलका प्रमुख, लक्षित समुह (महिला, बालबालिका, आदिवासि, जनजाति, दलित, अपाङ, आदि)का क्षेत्रमा कार्य गर्ने संघसंस्थाका अध्यक्षहरु संग छलफल सम्पन्न…
इलाम। एउटा कुकुरलाई क्रुरतापुर्वक हत्या गरि भिडियो बनाएर सामाजिक संजाल "भुत प्रेत" नामक फेसबुक पेजमा राख्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। गत जेठ ३२ गते एउटा कुकुरलाई लाठ्ठीले बारम्बार प्रहार गरी क्रुरतापुर्वक निर्मम तरिकाले हत्या गरी खाल्डो खनि पुरेको भिडियो अपलोड गरेर भाईरल बनाइएको थियोे । उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलाम र मातहत प्रहरीबाट उक्त भिडियो कसले अफलोड गरेको र कुकुरको हत्या कसले गरेको भन्ने बिषयमा अनुसन्धान तथा खोजी कार्य भएको थियोे । सोही क्रममा इलाम जिल्ला देउमाई नगरपालिका ९ जितपुर बस्ने बर्ष २१को दिक्षान्त मोरोहाङ लिम्बु, सोही स्थान बस्ने बर्ष १७ को संगम लिम्बु र सोही स्थान…
झापा । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन्। असार ५ र ६ गते ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन उनी सोमबार बिहान २ः१५ बजेको उडानबाट ब्राजिल प्रस्थान गरेका हुन्। बैठक सम्पन्न गरेर मेयर साह असार ८ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ। उनका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि रहेको महानगरले जनाएको छ।
झापा । भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङमा आज सोमबार बिहान रेल दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सिलीगुडीको रंगापानी स्टेसन नजिकै भएको रेल दुर्घटनामा परी अहिलेसम्म ७ जनाको मृत्युको भारतीय सञ्चारमाध्यमले जनाएको छ । मृतक तथा घाइतेहरूको सङ्ख्या अझै बढ्ने सक्ने अनुमान गरिएको छ । प्राप्त सुचना अनुसार सोमबार बिहान करिब ९ बजेको समयमा न्यु जलपाईगुरी रेल्वे स्टेसनबाट छुटेको कञ्चनजंगा एक्सप्रेस (१३१७४)लाई एउटा मालगाडी रेलले पछाडिबाट ठक्कर दिएको थियो । कलकत्ता जाँदै गरेको कञ्चनजंगा एक्सप्रेस रातो सिङ्गलका कारण रोकिरहेको थियो । सोही बेला पछाडिबाट आएको मालगाडी रेलले ठक्कर दिएको थियो । ठक्करबाट यात्रु बोकेको कञ्चनजंगा एक्सप्रेस तीन वटा डिब्बा…
ताप्लेजुङ । ताप्लेजुङमा बाढीपहिरोका कारण २५ घर परिवार विस्थापित भएका छन् । बाढी पहिरोका कारण उच्च जोखिममा रहेका १३ र सामान्य जोखिममा रहेका १२ गरी २५ घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाको सिदिङ्वा, सिरिजंगा, मिक्वाखोला फक्ताङ्लुङ गाउँपालिका र फुङ्लिङ नगरपालिका बाढी पहिरोको उच्च जोखिममा परेका छन्। सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका आठ घर उच्च जोखिममा रहेका छन् । उक्त आठ घरमध्ये सात घरका परिवारलाई सिंहेश्वरी आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको छ । एउटा परिवार छिमेकीकामा आश्रय लिएर बसेको जनाइएको छ । यस्तै सिरिजङ्घा गाउँपालिका–६ मामांखेका पाँच घर उच्च जोखिममा रहेका छन् । तीमध्ये चार परिवारलाई लक्ष्मी माध्यमिक विद्यालयमा…