Skip to main content

Purbi Garjan

क्रुरतापुर्वक कुकुरको हत्या गरी फेसबुकमा हाल्ने तीनजना पक्राउ

इलाम। एउटा कुकुरलाई क्रुरतापुर्वक हत्या गरि भिडियो बनाएर
सामाजिक संजाल “भुत प्रेत” नामक फेसबुक पेजमा राख्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

गत जेठ ३२ गते एउटा कुकुरलाई लाठ्ठीले बारम्बार प्रहार गरी क्रुरतापुर्वक निर्मम तरिकाले हत्या गरी खाल्डो खनि पुरेको भिडियो अपलोड गरेर भाईरल बनाइएको थियोे ।

उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलाम र मातहत प्रहरीबाट उक्त भिडियो कसले अफलोड गरेको र कुकुरको हत्या कसले गरेको भन्ने बिषयमा अनुसन्धान तथा खोजी कार्य भएको थियोे । सोही क्रममा इलाम जिल्ला देउमाई नगरपालिका ९ जितपुर बस्ने बर्ष २१को दिक्षान्त मोरोहाङ लिम्बु, सोही स्थान बस्ने बर्ष १७ को संगम लिम्बु र सोही स्थान बस्ने बर्ष १७ को अशोक लिम्बुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसरी कुकुरलाई हत्या गर्ने बिरुद्ध पशु कल्याण संघ नेपालले “पशुपंक्षी सम्बन्धी कसुर” अन्तर्गत आजै जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दरखास्त समेत दिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali