Skip to main content

Purbi Garjan

खै मेरो लोकतन्त्र- शान्ता भण्डारी

खै मेरो लोकतन्त्र
शान्ता भण्डारी

जनयुद्ध घोषणा भो
बिद्रोह सशस्त्र को
जनता लामबद्ध भो
प्रतिकार दमनको ।

जनपक्षिय अगुवाहरु
जनताका प्रतिनिधिहरु
समातिन्थे नै दिनहुँ
अचम्म थिएन मारिनु ।

बेपत्ता र घाइतेको
गणना नै कहाँ थियो
उठिवास कति हुन्थ्यो
त्याग्नै घरवास पथ्र्यो ।

लक्का जवान बाइसको
बाइसै पुग्यो बिछोडको
अँधेरी थियो बिहानको
असार तीन एकासिको ।

उडी आयो चिलसरी
राज्यको क्रुर सिपाही
टिपि गयो चल्ला लिई
काख आमाको रित्याई ।

पत्तो आजसम्म छैन
सूचना सुइको छैन
छ कहाँ बोलिदैन
देखाउन मानिदैन ।

रक्षा दायीत्व उसको
किन भक्षक आफै बन्यो
प्रश्न छ राज्यलाई मेरो
मेरो सन्तान कहाँ गयो ?

बिराम के उसको थियो
हरण किन पो गर्यो
भन लुकाइ कहाँ राख्यौ
भन गोप्यमा किन पार्यौ ?

राखेको तिम्ले नै हो
तिम्ले नै लुकाएको
बचाएनि तिमिले हो
मारे जिम्मा नि तिम्रो ?

बन्दी बनाई राखेकै छौ
खाना पेटभरी दिन्छौ
लुगा नि के दिने गर्छौ
कि नागैं राखेकाछौ?

कि लडाएका छौ बाधि
हलचल न हुने गरी
आखामा कालो पट्टी
कानमा ठेडी कोची ।

भएको जे त्यो भन
गरिएको के त्यो भन
राखेको कहाँ हो भन
छोडेको फेहरिस्त भन ।

भन राख्यौ कि जलमा
देखाउ छ कि थलमा
कि टंच्याइ राख्यौ नभमा
न ढाटी सत्य भनन् ।

लिएको काखबाटै थुति
देक्ने आकाश साक्षि
पृथ्वी प्रत्यक्षदर्शी
रोक्न खोज्ने बर्षेझरी ।

आँखाको लाल हाम्रो
संसारमै हाम्रो राम्रो
कठैबरा चिचिलो त्यो
निरिह बेसहारा त्यो ।

ऐया आमै नि पुकार्यो
पुकार ब्यर्थै भयो
गुहार हे चिच्यायो
को त्यहा गुहार दिन्थ्यो ?

थिए पाल्तु राज्यका
हाम्रै नुनले मात्तिएका
बोलि भाषा बन्दुकका
धाक धक्कु सत्ताका ।

सन्तानको सुइको छैन
मुटु चल्छ कि चल्दैन
आफ्नै धडकन याद भएन
आफ्नै खुनको हक रहेन ।

कस्तो कानून सत्ताको
कस्तो न्याय शासकको
के बिवेक राज्यको
के धर्म हो जगतको ?

छ के भनु स्वतन्त्रता
पिरले बाधिएकी म त
भनु भने गणतन्त्र
खै मेरो लोकतन्त्र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali