Skip to main content

Purbi Garjan

सिलिगुडीमा रेल दुर्घटना ७ जनाको मृत्यु, कयौं घाइते

झापा । भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङमा आज सोमबार बिहान रेल दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सिलीगुडीको रंगापानी स्टेसन नजिकै भएको रेल दुर्घटनामा परी अहिलेसम्म ७ जनाको मृत्युको भारतीय सञ्चारमाध्यमले जनाएको छ । मृतक तथा घाइतेहरूको सङ्ख्या अझै बढ्ने सक्ने अनुमान गरिएको छ ।

प्राप्त सुचना अनुसार सोमबार बिहान करिब ९ बजेको समयमा न्यु जलपाईगुरी रेल्वे स्टेसनबाट छुटेको कञ्चनजंगा एक्सप्रेस (१३१७४)लाई एउटा मालगाडी रेलले पछाडिबाट ठक्कर दिएको थियो ।

कलकत्ता जाँदै गरेको कञ्चनजंगा एक्सप्रेस रातो सिङ्गलका कारण रोकिरहेको थियो । सोही बेला पछाडिबाट आएको मालगाडी रेलले ठक्कर दिएको थियो ।

ठक्करबाट यात्रु बोकेको कञ्चनजंगा एक्सप्रेस तीन वटा डिब्बा क्षतिग्रस्त भएको छ । घटनास्थलमा एक जना कोपो पाइलटको मृत्यु भएको छ । अहिले उद्धार कार्य जारी रहेको जनाइएको छ । घटना दुखद भएको बंगालका मुख्यमन्त्री ममता बेनर्जीले जानकारी गराउँदै उद्धार तथा राहत कार्यमा जुट्न अपिल गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali