Skip to main content

Purbi Garjan

मेचीनगरद्वारा जनमुखी बजेट ल्याउन सरोकारवालासंग छलफल

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले जनता लक्षित स्थानीय तहको बजेट ल्याउन विभिन्न सरोकारवालाहरूसंग छलफललाई तिब्रता दिएको छ ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीसहित उपप्रमुख मीना पोख्रेल उप्रेतीलगायतका जनप्रतिनिधि रहेको मेचीनगरले नयाँ आर्थिक बर्ष २०८१/०८२ को बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा राय सल्लाह सुझावसहित छलफल गरेको हो ।
नगरपालिकाले नयाँ आर्थिक बर्षको बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा मेचीनगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष, सामुदायिक क्याम्पसका क्याम्पस प्रमुख तथा अध्यक्षहरूसंग छलफल सम्पन्न गरेको छ ।
त्यस्तै नगरका सक्रिय राजनीति दलका प्रमुख, लक्षित समुह (महिला, बालबालिका, आदिवासि, जनजाति, दलित, अपाङ, आदि)का क्षेत्रमा कार्य गर्ने संघसंस्थाका अध्यक्षहरु संग छलफल सम्पन्न गरिसकेको नगरप्रमुखको सचिवालयले जनाएको छ ।
नगर प्रमुख बुढाथोकीका स्वकीय सचिव आशिष पौडेलका अनुसार अहिले बिषय बिज्ञहरूसंग पनि नयाँ बजेटको बिषयमा राय सल्लाह सुझाव लिने कार्य भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali