Skip to main content

Purbi Garjan

शैक्षिक संस्थामा एक महिनाभित्र जंकफुड निषेध गर्न नेकपा झापाको अपिल

विर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापाका शैक्षिक संस्थाहरुमा खाजाका नाममा प्रयोग हुने जंकफुड प्रयोग तथा बेचबिखन नगर्न अपिल गरेको छ। झापाका अधिकांश आवासीय तथा गैरआवासीय शिक्षण संस्थाहरुमा मानवीय स्वास्थ्यमा दीर्घकालीन रुपमा असर गर्ने जंकफुड व्यापक प्रयोग भएको पाइएकाले प्रतिवन्ध गर्न र अटेर गरे कारबाही गरिने नेकपा झापाले जनाएको छ ।

नेकपाका जनबर्गिय संगठनले आज (सोमवार) बिर्तामोडमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर झापाका शिक्षण संस्थाहरुमा एक महिनाभित्र जंकफुड प्रतिबन्ध लगाउने जानकारी दिएको हो ।

पार्टीले सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडीसी) का अनुसार बालवालिकाको अत्याधिक तौल, टाईप टु मधुमेह, उच्च रक्तचाप, हृदय रोग, कोलेस्ट्रॉल, मृगौला रोग, ओस्टियोपोरोसिस, अटेन्सन डिफिसीट (एडीडी), डिप्रेशन, केही क्यान्सर, जस्ता दीर्घकालीन गम्भीर स्वास्थ्य समस्याहरु आउनुको कारण जंक फुड भएको उल्लेख गरेको जनाउँदै पूर्ण रुपले शैक्षिक संस्थामा जंकफुड प्रतिवन्ध गरिने पार्टीका झापा इन्चार्ज सुमनसिंह सीले जानकारी दिए ।

जंक फूड उत्पादन गर्ने मानव स्वास्थ्य विरोधी व्यापारी र स्वास्थ्य जस्तो अति संवेदनशील विषयको प्रवाह नगर्ने शिक्षण संस्था, राज्य सरकार र समाजले जंक फुडको प्रयोगमा गम्भीर बन्नुपर्ने पार्टीका झापा सचिव संजय सीले बताएका छन् ।

शिक्षण संस्थाले सञ्चालन गरेको क्यान्टिन, र अभिभावकबाट तयार गरिएको टिफिनमा समावेश सबै जंकफूडलाई तत्काल उन्मूलन गर्नुपर्ने र विद्यालय हाताभित्र जंकफुठ पुर्ण निषेध गर्नुपर्ने आवश्यकता रहेको पत्रकार सम्मेलन मार्फत बताइएको छ। अज्ञानताको कारण वा अन्य कुनै स्वार्थको कारण प्रयोगमा ल्याइएको जंकफुड पुर्णरुपमा निषेध गर्न सरोकारवाला सबैमासमेत पार्टीले आग्रह गरेको छ ।

बालबालिकाहरुको सुरक्षा सम्बन्धी पनि प्रश्न खडा भएको जनाउँदै पार्टीले विद्यालय परिसरबाट बच्चा हराउने, अज्ञात रुपमा चुनौतीपूर्ण आवतजावत जस्ता घटनाहरू प्रशस्त घटिरहेको जनाएको छ । जसको कारण पठनपाठन र अनुशासनमा नकरात्मक प्रभाव परेकाले यसलाई नियन्त्रण गर्न प्रत्येक आवासीय र गैरआवासीय शिक्षण संस्थाको प्रवेशद्वारमा सिसि क्यामेरा जडान गर्न र सेक्युरिटी गार्ड राख्न आवश्यक रहेको बताइएको छ ।

त्यस्तै माध्यमिक तह र कलेज तहका केही विद्यार्थीहरू अत्याधिक दुव्र्वयसनको प्रभावमा पाइएको र सविधानमा पनि शिक्षण संस्था आसपास अर्थात १०० मिटर भित्र दुव्र्वयसनजन्य वस्तु बेचविखन गर्न नपाउने प्रावधान भएको पत्रकार सम्मेलनमा बितरित बिज्ञप्तीमा उल्लेख छ । ‘तर कतिपय शिक्षण संस्थाहरूमा यो लागू भएको पाइएको छैन, विद्यार्थीहरु कुलतमा फस्न सक्ने संभावनालाई मध्यनजर गर्दै कडाइपूर्वक कुलतलाई उन्मुलन गर्ने कार्यमा नाग्न समेत अनुरोध गर्दछौ ।’ जारी बिज्ञप्तीमा भनिएको छ ।

पार्टीले विद्यार्थीको स्वास्थ्य, सुरक्षा र विद्यालयले पालना गर्नु पर्ने आधारभूत नियम लागू गर्ने अभियानसँग सहकार्य गर्न सरोकारवाला सवैमा पार्टीले अपिलसमेत गरेको छ ।

पार्टीले एक महिनाभित्र सवै शैक्षिक संस्थालाई जंकफुड प्रतिवन्ध गर्न आग्रह गर्दै उक्त साझा अभियान एक महिना भित्र सरोकारवालासहित अनुगमनमा आउने जनाएको छ । एक महिना भित्र सबै शिक्षण संस्थाहरुमा जंकफुडलाइ पूर्ण रुपमा प्रतिबन्ध गर्न अनुरोध गर्दै अभियानलाई वेवास्ता बालबालिका र विद्यार्थीको हितमा पार्टी, जनवर्गिय संगठन र सिंगो पक्तीले सशक्त संघर्ष चेतावनीसमेत दिइएको छ ।

पत्रकार सम्मेलनमा अखिल समाजवादी झापा इन्चार्ज बिनोद सी, समाजवादी ट्रेड युनियन मजदुर संगठन झापाका इन्चार्ज कुमार सी, श्रमिक समुदाय इन्चार्ज झापा गोपी सी, युवा संगठन नेपाल झापा इन्चार्ज, मणि सी, अखिल नेपाल महिला संघ क्रान्तिकारी झापा इन्वार्ज रोशनी सी, किसान संगठन झापा इन्चार्ज डेननाथ सी, शिक्षक संगठन झापा इन्चार्ज भीष्म सीलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

दार्जिलिङ । कुर्सेङ अन्तर्गत पर्ने दु्धिया निवासी दिल कुमार सुब्बालाई बहादुरी पुरस्कार प्रदान गर्न स्थानीय बासिन्दा तथा सामाजिक सं...
जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानस...
इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको आयोजनामा झापाको बिर्तामोडमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । ...
भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

दमक, झापा। झापाको कमल गाउँपालिकामा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गाउँपालिका–३ बस्न...
ne_NPNepali