Skip to main content

Purbi Garjan

दिन: २०८१ भाद्र १०, सोमबार

पत्रकारद्वय पौडेल र आचार्य सम्मानित

पत्रकारद्वय पौडेल र आचार्य सम्मानित

मेचीनगर । पत्रकारद्वय मुक्ती पौडेर र युवराज आचार्य सम्मानित भएका छन् । छैटौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रमका बिच आज पत्रकारद्वय पौडेल र आचार्य सम्मानित भएका हुन् । बिगत लामो समयदेखि झापाको मेचीनगरमा रहेर पत्रकारीता क्षेत्रमा सक्रिय हुँदै समाजमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरिएको आयोजक नाइटचेस क्लबले जनाएको छ । पत्रकार मुक्ति पौडेल जनसंसद डटकमका सम्पादक तथा एभिन्यूज टेलिभिजनको झापा संवाददाता हुन् । त्यस्तै उनी मेची सामुदायिक सेवा केन्द्रका निर्वाचित वर्तमान अध्यक्ष समेत हुन् । त्यसैगरी युवराज आचार्य हाम्रो खबरपाटी डटकमका सम्पादक तथा न्यूज २४ टिभिका झापा संवाददाता हुन् । साथै उनी मेचीनगर नगरपालिकाको प्रेस…
Read More
शैक्षिक संस्थामा एक महिनाभित्र जंकफुड निषेध गर्न नेकपा झापाको अपिल

शैक्षिक संस्थामा एक महिनाभित्र जंकफुड निषेध गर्न नेकपा झापाको अपिल

विर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापाका शैक्षिक संस्थाहरुमा खाजाका नाममा प्रयोग हुने जंकफुड प्रयोग तथा बेचबिखन नगर्न अपिल गरेको छ। झापाका अधिकांश आवासीय तथा गैरआवासीय शिक्षण संस्थाहरुमा मानवीय स्वास्थ्यमा दीर्घकालीन रुपमा असर गर्ने जंकफुड व्यापक प्रयोग भएको पाइएकाले प्रतिवन्ध गर्न र अटेर गरे कारबाही गरिने नेकपा झापाले जनाएको छ । नेकपाका जनबर्गिय संगठनले आज (सोमवार) बिर्तामोडमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर झापाका शिक्षण संस्थाहरुमा एक महिनाभित्र जंकफुड प्रतिबन्ध लगाउने जानकारी दिएको हो । पार्टीले सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडीसी) का अनुसार बालवालिकाको अत्याधिक तौल, टाईप टु मधुमेह, उच्च रक्तचाप, हृदय रोग, कोलेस्ट्रॉल, मृगौला रोग, ओस्टियोपोरोसिस, अटेन्सन…
Read More
ne_NPNepali