Skip to main content

Purbi Garjan

पत्रकारद्वय पौडेल र आचार्य सम्मानित

मेचीनगर । पत्रकारद्वय मुक्ती पौडेर र युवराज आचार्य सम्मानित भएका छन् । छैटौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रमका बिच आज पत्रकारद्वय पौडेल र आचार्य सम्मानित भएका हुन् ।

बिगत लामो समयदेखि झापाको मेचीनगरमा रहेर पत्रकारीता क्षेत्रमा सक्रिय हुँदै समाजमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरिएको आयोजक नाइटचेस क्लबले जनाएको छ ।
पत्रकार मुक्ति पौडेल जनसंसद डटकमका सम्पादक तथा एभिन्यूज टेलिभिजनको झापा संवाददाता हुन् । त्यस्तै उनी मेची सामुदायिक सेवा केन्द्रका निर्वाचित वर्तमान अध्यक्ष समेत हुन् । त्यसैगरी युवराज आचार्य हाम्रो खबरपाटी डटकमका सम्पादक तथा न्यूज २४ टिभिका झापा संवाददाता हुन् । साथै उनी मेचीनगर नगरपालिकाको प्रेस संयोजक समेत हुन् ।

त्यस्तै आयोजकले सोहि कार्यक्रममा राईजीङ खेलाडीको रुपमा पुनम प्रसाई र इमर्जीङ खेलाडीको रुपमा मन्जिल वस्नेतलाई पुरस्कार प्रदान गरेको छ । उनीहरु सबैलाई कोशी प्रदेशका सांसद गोपाल तामाङ, कोशीका पूर्व सांसद श्रीप्रसाद मैनाली, नाइट चेस क्लबका अध्यक्ष विश्वविजय घिमिरे, नेपाल राष्ट्रिय बुद्वीचाल महासंघका अध्यक्ष हिराकाजी महर्जन लगायतले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।

नाइट चेस क्लबका अध्यक्ष घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष राजु पौडेल र सञ्चालन महासचिव राजेश राउतले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali