Skip to main content

Purbi Garjan

एमसिसी र एसपिपी विरुद्ध विप्लव नेकपाले शनिबार दमकमा प्रदर्शन गर्दै

झापा । राष्ट्रिय स्वाधीनता र त्यसको रक्षाका लागि निरन्तर संघर्ष गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले भोलि झापाको दमकमा एमसिसी र एसपिपी विरुद्ध वृहत् प्रदर्शन गर्ने भएको छ।

पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा देखा परेको समस्या र वैदेशिक हस्तक्षेप लगायतका विषयमा बोल्दै आएको नेकपाले अमेरिकी परियोजना एमसिसी र एसपिपी विरुद्ध पटकपटक विरोध प्रदर्शन गर्दै आइरहेको छ।

नेपालको संसदमै हस्तक्षेप जमाएर एमसिसी पास गराइसकेको अमेरिकाले अहिले एसपिपी (स्टेर्ट पार्टनरसिप प्रोग्राम ) पारित गराउने रणनीति अगाडि सारिरहेको छ। एसपिपी अन्तर्गत विभिन्न अमेरिकी राज्यका सेना र एसपिपी पारित तथा कार्यनयन गर्ने देशको सेनाबिच सैन्य सहकार्य हुने गर्दछ।

अमेरिकाले नेपाललाई पुर्ण रुपमा कब्जामा लिन लागेको तर राज्य सत्तामा रहेका दलालहरुले देशलाई विदेशी हस्तक्षेपबाट बचाउनुको सट्टा उल्टै सुम्पिने तयारीमा रहेकाले यसको विरुद्ध सम्पुर्ण देशभक्त शक्तिहरु सडकमा आउनुपर्ने नेकपा झापाका इन्चार्ज सुमनसिंह सी ले बताए । उनले भोलि हुने संघर्षको कार्यक्रममा उपस्थित हुन आम झापाली जनसमुदायमा अपिल समेत गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali