काँकरभिट्टा । मनबहादुर बानियाँ क्षेत्री स्मृति प्रथम मेचीनगरस्तरीय अन्तर मावि वक्तित्वकला प्रतियोगितामा धुलाबारी माविकी दिब्या राय प्रथम बनेकी छिन् । शुक्रबार काँकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न प्रतियोगितामा प्रथम हुँदै रायले नगद ७ हजार, प्रमाण पत्र तथा ट्रफी प्राप्त गरिन् । त्यस्तै हिमालय इङ्लिस एकाडेमी धुलाबारीकी विद्या बुढाथोकी द्वितीय, आदर्श मावि इटाभट्टाका विकास गौतम तृतीय र शहिद दशरथ चन्द मावि चारआलीकी विअसा बराल सान्त्वना भइन् । उनीहरुले क्रमशः नगद ५ हजार, ३ हजार र १ हजार तथा प्रमाण पत्र प्राप्त गरे । विजेतालाई प्रमुख अतिथि नगर शिक्षा अधिकारी होमनाथ भण्डारी, बानियाँ बन्धु समाजका केन्द्रीय सल्लाहकार हरिचरण बानियाँलगायतले पुरस्कृत गरे । बाहुण्डाँगी जेसीजको…
झापा । राष्ट्रिय स्वाधीनता र त्यसको रक्षाका लागि निरन्तर संघर्ष गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले भोलि झापाको दमकमा एमसिसी र एसपिपी विरुद्ध वृहत् प्रदर्शन गर्ने भएको छ। पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा देखा परेको समस्या र वैदेशिक हस्तक्षेप लगायतका विषयमा बोल्दै आएको नेकपाले अमेरिकी परियोजना एमसिसी र एसपिपी विरुद्ध पटकपटक विरोध प्रदर्शन गर्दै आइरहेको छ। नेपालको संसदमै हस्तक्षेप जमाएर एमसिसी पास गराइसकेको अमेरिकाले अहिले एसपिपी (स्टेर्ट पार्टनरसिप प्रोग्राम ) पारित गराउने रणनीति अगाडि सारिरहेको छ। एसपिपी अन्तर्गत विभिन्न अमेरिकी राज्यका सेना र एसपिपी पारित तथा कार्यनयन गर्ने देशको सेनाबिच सैन्य सहकार्य हुने गर्दछ। अमेरिकाले नेपाललाई पुर्ण रुपमा…