Skip to main content

Purbi Garjan

मेचीनगर स्तरीय वक्तित्वकला: धुलाबारी माविकी दिव्या प्रथम

काँकरभिट्टा । मनबहादुर बानियाँ क्षेत्री स्मृति प्रथम मेचीनगरस्तरीय अन्तर मावि वक्तित्वकला प्रतियोगितामा  धुलाबारी माविकी दिब्या राय प्रथम बनेकी छिन् ।

शुक्रबार काँकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न प्रतियोगितामा प्रथम हुँदै रायले नगद ७ हजार, प्रमाण पत्र तथा ट्रफी प्राप्त गरिन् । त्यस्तै हिमालय इङ्लिस एकाडेमी धुलाबारीकी विद्या बुढाथोकी द्वितीय, आदर्श मावि इटाभट्टाका विकास गौतम तृतीय र शहिद दशरथ चन्द मावि चारआलीकी विअसा बराल सान्त्वना भइन् । 

उनीहरुले क्रमशः नगद ५ हजार, ३ हजार र १ हजार तथा प्रमाण पत्र प्राप्त गरे । विजेतालाई प्रमुख अतिथि नगर शिक्षा अधिकारी होमनाथ भण्डारी, बानियाँ बन्धु समाजका केन्द्रीय सल्लाहकार हरिचरण बानियाँलगायतले पुरस्कृत गरे ।

बाहुण्डाँगी जेसीजको चौधौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरका ११÷१२ सञ्चालित ८ वटा सामुदायिक तथा संस्थागत विद्यालय सहभागी थिए ।
प्रतियोगिताको प्रमुख निर्णायकमा काँकरभिट्टा बहुमुखी क्याम्पसका प्राध्यापक हेमकुमार खड्का, निर्णायकमा एम्नेष्टी इन्टरनेशनलका केन्द्रीय उपाध्यक्ष केशव पोखरेल र कन्काई क्याम्पसका प्राध्यापक शेरबहादुर बानियाँ रहेका थिए ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित उपसचिव भण्डारीले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा जेसीजले गरेको योगदानको प्रशंसा गर्दै सहभागी हुन नसकेका अन्य विद्यालयको सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको बताए । भण्डारीले विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउन विद्यालयले अवसर प्रदान गर्दै आवश्यक तयारी गराउनु पर्नेमा जोड दिए ।
सोअवसरमा शिक्षा शाखा प्रमुख होम भण्डारी, बाँनिया बन्धु समाजका हरिचरण बानियाँ, धुलावारी जेसीजका पूर्व अध्यक्ष केशव पौडेल, सामाजिक अभियन्ता उद्धव बानियाँ, मेची उद्योग वाणिज्य संघका सदस्य सन्तोष खवासलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

दिवङ्गत मनबहादुर बानियाँको स्मृतिमा भारत असाम निवासी छोराहरु मुक्ति÷निलबहादुर बानियाँ क्षेत्रीद्वारा संरक्षित प्रतियोगिताको विजेताले आगामी असोज ११ र १२ गते धुलावारीमा हुने नेपाल जेसीजको क्षेत्र क सम्मेलनमा सहभागी बन्न पाउने छ । सो प्रतियोगितामा समेत प्रथम भएका राष्ट्रिय प्रतियोगितामा सहभागी बन्ने अध्यक्ष देवु बानियाँले बताए ।

बाहुण्डाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष बानियाँको सभापतित्वमा सम्पन्न प्रतियोगितामा स्वागत समिति कार्यकरिणी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक शुष्मा मिश्र तथा सञ्चालन महासचिव कौशल उप्रेती तथा प्रेस संयोजक जीआर धितालले संयुक्तरुपमा गरेका थिए ।

एकैदिन दुई कार्यक्रम सम्पन्न
यसैबीच बाहुण्डाँगी जेसीजले शुक्रबारनै मेचीनगर–३, स्थित जनता मावि तेलपानीमा आँखा शिविर कार्यक्रम सञ्चालन गरेको छ । थिम डाइरेक्टर दिवश पौडेलको संयोजकत्वमा भइरहेको शिविरमा हालसम्म ४ सयबढीले आँखा जाँच गराएको पौडेलले बताए ।

शुक्रबार दुई कार्यक्रमसँगै बाहुण्डाँगी जेसीजले यो वर्ष मात्रै हालसम्म ४५ वटा कार्यक्रम सम्पन्न गरिसकेको बाहुण्डाँगी जेसीजका कार्यक्रम संयोजक सामुल रायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali