Skip to main content

Purbi Garjan

काँकरभिट्टा महोत्सव : आज चर्चित गायिका प्रिती आले आउँदै

मेचीनगर। झापाको मेचीनगर- ६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा जारी सांगीतिक महोत्सव तथा रमाइलो मेला २०८१ को आज तेस्रो दिन शुक्रबार राष्ट्रिय ख्यातिप्राप्त कलाकार प्रिती आलेको प्रस्तुति रहनेछ ।

काँकरभिट्टा भेट्रान्स फुटबल क्लबले आयोजना गरेको आयोजित महोत्सवमा दैनिक राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ । यसै सिलसिलामा आज पछिल्लो समयकी चर्चित गायिका प्रिती आले आउने भएकी हुन् ।

काँकरभिट्टा खेलमैदानमा आगामी असोज १५ गतेसम्म सञ्चालन हुने महोत्सवको दोस्रो दिन हिजो बिहीबार चर्चित गायिका अस्मिता अधिकारीले आफ्नो सुपरहिट गीत गाउँदै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेकी थिइन् ।

आयोजक काँकरभिट्टा भेट्रान्स फुटबल क्लबका महासचिव सुन्दर बस्नेतका अनुसार प्रत्येक दिन स्थानीय कलाकारको साथमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने छ । त्यस्तै साँस्कृतिक कार्यक्रमको सञ्चालन पुर्वको लोकप्रिय उद्घोषिका भूमिका सुब्बा फ्याकले गर्नेछिन् ।

महोत्सवमा रोटेपिङ्गलगायत विभिन्न मनोरञ्जनात्मक खेलसामाग्रीहरु समेत राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali