Skip to main content

Purbi Garjan

मेचीनगरमा “साइकल सर्कल ग्रुप” संगठित , संयोजकमा सुब्बा

झापा । झापाको मेचीनगर भित्रका साइकल राइडरहरु संगठित भएका छन् । “साइकल सर्कल ग्रुप” नाम राखी बिगत लामो समय देखी नै स्थापित साइक्लिष्टहरुको समुह शुक्रबार अर्जुन सुब्बाको नेतृत्वमा आधिकारिक रुपमै संगठित भएका हुन् ।

मेचीनगर नगरपालिका भित्रका साइकल खेलाडीहरु विभिन्न साइकल गतिविधि गर्ने भएपनि संगठित थिएनन् । विभिन्न समयमा संगठित हुने प्रयत्न भएको भएपनि त्यसले आधिकारीकता पाउन सकेको थिएन । गत शुत्रबार मेचीनगरको धार्मिक पर्यटकिय स्थल पातालगंगा परिसरमा साइकल सर्कल ग्रुपको गठन भएको हो ।

अर्जुन सुब्बाको संयोजकत्वमा गठित साइकल सर्कलको उपाध्यक्ष्मा शिव बस्नेत, सचिवमा राजेस राउत र कोषाध्यक्षमा टिका बहादुर गौली रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रितम काफ्ले, बाबुराम खाती, सीता दाहाल (बस्नेत), शुशीला सापकोटा, निभा तामाङ, अभिनास श्रेष्ठ र मनोज पौडेल रहेका छन् ।

मेचीनगर नगरपालिका वडा नं. ६ का अध्यक्ष तथा साइकल सर्कलका संरक्षक ललितबहादुर तामाङले माइन्युट हस्तान्तरण गर्दै नव निर्वाचित तदर्थ समितिलाई बधाइ दिदैँ साइकल सर्कलले साइकल कुदाउने मात्र नभइ वातावरण संरक्षण, स्वास्थ्य तथा पर्यटनका विभिन्न गतिविधिहरु गर्दै खेलकुद तथा मनोरञ्जनात्मक क्रियाकलापहरु गर्न समितिलाई आग्रह गरे । उनले वर्तमान समयमा मानिसहरुको शारिरिक तथा मानसिक स्वास्थको लागि स्वस्थ वातावारण, मनोरञ्जन तथा शारिरिक कसरत आवश्यक पर्ने र साइक्लिङ मार्फत उक्त सबै कुरालाई समेट्न सकिने भएकोले नव गठित क्लबले धेरै काम गर्न सक्ने बताए ।

ग्रुपमा संयोजक अर्जुन सुब्बाले आफ्नो नेतृत्वले प्रशासनमा दर्ता गर्ने देखि निकट समयमा नै साइकल सम्बन्धि विभिन्न गतिविधि गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै मेचीनगरमा विभिन्न ग्रूपहरुले साइकल राइड गर्ने तर संगठित नभएको अवस्थामा सबैलाई उक्त क्लबमा आवद्ध गराउने उनले बताए । विगतमा गठन भएका क्लबहरुले प्रशासनिक मान्यता नपाएको कारण साइकल सर्कल नै मेचीनगरको पहिलो साइकल क्लब रहेको दावी समेत गरिएको छ ।

उक्त क्लबले हरेक शनिबार झापा, इलाम लगायत भारतको विहार तथा दार्जिलिङ्ग जिल्लामा राइड गर्ने गरेको छ । त्यस्तै जिल्ला कोरा राइडहरुमा सहभागीता तथा लामो दुरीको राइडहरु समेत वेलामौकामा गर्ने गरेको छ ।

नव गठित क्लबको विधान मस्यौदा समितिको संयोजकमा दिपक पोखरेल तथा सदस्यमा हरी तिम्सिना र शिशिर चम्लागाँई रहेका छन् । क्लबले ३ महिना भित्र दर्ता प्रक्रिया सिध्याएर वैधानिकता प्राप्त गरेपश्चात मेचीनगर स्तरिय साइकल सम्बन्धि कार्यक्रम गर्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali