काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने फेसबुक पेज, इन्स्टाग्राम र एक्स (ट्वीटर) बाट एकाएक गायब भएका छन् । शनिबार राति लामिछानेको सबै प्लेटफर्मबाट गायब भएका हुन् । गुगलमा इन्डेक्स भएका उनका अकाउन्टहरू सम्बन्धित सामाजिक सञ्जालका प्लेटफर्मबाट भने हटेका छन् । अकाउन्टमा समस्या आएको हो वा उनी आफै गायब भएका हुन् भन्ने विषय अहिलेसम्म बाहिरिएको छैन । लामिछानेको फेसबुकमा ११ लाख, इन्स्टामा तीन लाख ३७ हजार र एक्समा दुई लाख ६६ हजार बढी फलोअर थिए । लामिछानेको एक लाख पाँच हजार बढी सब्स्क्राइबर भएको युट्युब च्यानल भने यथावत छ । सामाजिक सञ्जालबाट लामिछाने एकाएक किन गायब भए भन्ने विषयले चौतर्फी चर्चा पाइरहेको…
मेचीनगर । काँकरभिट्टा खेलमैदानमा जारी सांगीतिक महोत्सव तथा रमाइलो मेला २०८१ मा गायिका तथा मोडल प्रिती आलेको प्रस्तुती मार्फत दर्शकहरुले शुक्रबार भरपुर मनोरन्जन लिएका छन् । महोत्सवमा शुक्रबार चर्चित गायिका तथा मोडल आलेको प्रस्तुतीमा युवा देखी वृद्धवृद्धाहरुले समेत सँगै नाचगान गर्दै मनोरन्जन लिएका हुन्। युवाहरु माझ चर्चित गायिका प्रितीले आफ्नो सुपरहिट गीत संग बेली डान्स प्रस्तुती राख्दा दर्शकहरु निकै उत्साहित बनेका थिए । महोत्सवको तेस्रो दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको भीड बड्दै गएको छ । महोत्सवमा आज शनिबार कबवेभ ब्यान्डको प्रस्तुती रहने आयोजक क्लबका महासचिव सुन्दर बस्नेतले जानकारी दिए । त्यस्तै साँस्कृतिक कार्यक्रमको सञ्चालन पुर्वको लोकप्रिय उद्घोषिका भूमिका सुब्बा फ्याकले…
झापा । झापाको मेचीनगर भित्रका साइकल राइडरहरु संगठित भएका छन् । "साइकल सर्कल ग्रुप" नाम राखी बिगत लामो समय देखी नै स्थापित साइक्लिष्टहरुको समुह शुक्रबार अर्जुन सुब्बाको नेतृत्वमा आधिकारिक रुपमै संगठित भएका हुन् । मेचीनगर नगरपालिका भित्रका साइकल खेलाडीहरु विभिन्न साइकल गतिविधि गर्ने भएपनि संगठित थिएनन् । विभिन्न समयमा संगठित हुने प्रयत्न भएको भएपनि त्यसले आधिकारीकता पाउन सकेको थिएन । गत शुत्रबार मेचीनगरको धार्मिक पर्यटकिय स्थल पातालगंगा परिसरमा साइकल सर्कल ग्रुपको गठन भएको हो । अर्जुन सुब्बाको संयोजकत्वमा गठित साइकल सर्कलको उपाध्यक्ष्मा शिव बस्नेत, सचिवमा राजेस राउत र कोषाध्यक्षमा टिका बहादुर गौली रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रितम काफ्ले, बाबुराम…